४ वैशाख २०८१ मंगलबार
कला

सकियो ‘मिस्टर भर्जिन’

काठमाडौं– नायिका छुल्ठिम गुरुङको आइटम नृत्यसँगै फिल्म ‘मिस्टर भर्जिन’को छायांकन सकिएको छ । तीन युवाका यौन मनोविज्ञान प्रस्तुत गरिएको फिल्ममा विसारद बस्नेतको निर्देशन छ ।

आइटम गीतमा नायक गौरव पहारी र अभिनेता कमलमणि नेपाल फिचरिङ छन् । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रवीन्द्र झा, सिर्जना सुब्बालगायतको अभिनय छ ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्युसनको ब्यानरमा निर्मित फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र विसारद बस्नेत निर्माता तथा सन्दिप उप्रेती सहनिर्माता छन् । महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी काप्रीको सम्पादन छ । फिल्म वैशाखको अन्तिम साता प्रर्दशनमा ल्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।
 

प्रकाशित: ४ माघ २०७४ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App