७ वैशाख २०८१ शुक्रबार
कला

फरक पाइलामा कलाकारको भीड

काठमाडौं– आगामी माघ ४ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने ‘वेस्मा लाङ्योक’ अर्थात् फरक पाइलाको दोस्रो संस्करणमा एकसाथ ७० बढी कलाकार स्टेजमा देखिने भएका छन् । कार्यक्रममा लिम्बू समुदायका कनिष्टदेखि वरिष्ठसम्म ७० भन्दा बढी कलाकार स्टेजमा प्रस्तुत हुन लागेका हुन्।

याक्थुङ हाक्पारे पालम सयङ र राष्ट्रिय नाचघर आयोजक रहेको विशेष सांस्कृतिक कार्यक्रमका लागि संगीत संयोजन संगीतकार तथा प्राज्ञ अशोक लोहरुङ राईको ‘अन्तरा सांगीतिक समूह’ले गर्दैछ । कार्यक्रममा लिम्बूहरूको धान नाच, च्याब्रुङ नाचलगायतका सांस्कृतिक नाच प्रदर्शन गरिनेछ ।

आयोजक संस्थाकी अध्यक्ष रूपा आङबुहाङका अनुसार प्रत्यक्ष गीतसंगीत पस्कन ३० वाद्यवादक स्टेजमा उपस्थित हुनेछन् । संगीतकार अशोकले संगीत गरेका लिम्बू भाषाका गीतहरूलाई विभिन्न गायक-गायिकाले प्रस्तुत गर्नेछन् ।‘नृत्य र गीत संगीतका लागि तयारी पूरा भएको छ,’ रूपाले भनिन् । लिम्बू गीतसंगीत तथा कला र संस्कृतिको प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताइन् । यो कार्यक्रम गत वर्षबाट सुरु गरिएको हो ।
 

प्रकाशित: ४ माघ २०७४ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App