coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चार सफल उद्यमी पुरस्कृत

खोटाङ – खोटाङका चार उद्यमी पुरस्कृत भएका छन्। जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन र व्यवसायीकरणमा योगदान पु-याएको भन्दै उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग बिकास समिति खोटाङले बुधबार सफल उद्यमीलाई पुरस्कृत गरेको हो।

२०४२ सालदेखि हालसम्म साना किसान होजियारी उद्योग सञ्चालन गर्दै आएका रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हैकमसिं राई, २०५७ सालदेखि हालसम्म सयपत्री अगरबत्ती उद्योग सञ्चालन गरिरहेका साकेला गाउँपालिकाका शिवकुमार ढकाल, २०६७ सालदेखि सिर्जनसिल सिलाईकटाई उद्योग सञ्चालन गर्दै आएकी रुपाकोट मझुवागढी नगरपालिका–६  नेर्पाकी देबीकुमारी गेलाल र २०६८ सालदेखि दिक्तेल भिम ह्याण्डीक्राफ्ट उद्योगमार्फत बाँस र काठका आकर्षक सामग्र निर्माण गर्दै आएका दिक्तेलका भीमबहादुर बिकलाई पुरस्कृत गरिएको हो।

सफल उद्यमीलाई जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङ र रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जनही तीन हजारका साथमा दोसल्ला ओढाएर कदर–पत्र प्रदान गरे। मंसिर ९ गते परेको दोश्रो उद्योग दिवसको अवशरमा उद्यमीलाई पुरस्कृत गर्ने तयारी गरिए पनि निर्वाचनका कारण दुई महिनापछि पुरस्कृत गरिएको घरेलु तथा साना उद्योग बिकास समिति खोटाङका प्रमुख लोकनाथ खतिवडाले बताए।

गाउँमा बसेर घरेलु उद्योग सञ्चालन गरेर अन्य उद्यमीलाई स्वाभिमानी, स्ववलम्बी र आत्मनिर्भर बन्ने प्रेरणा दिएका कारण सफल उद्यमीलाई पुरस्कृत गरिएको हो।

प्रकाशित: ३ माघ २०७४ १५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App