coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘प्रदेश राजधानी तोक्नु सरकारको अधिकारको कुरा हो, उत्तेजित नहुनुस्’

धनगढी – नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष एवं सात नम्बर प्रदेश संयोजक भीम रावलले अहिले तोकिएका अस्थायी मुकामलाई लिएर उत्तेजित नहुन आग्रह गरेका छन्।

सरकारले आफ्नो अधिकार प्रयोग गरेर अस्थायी मुकाम र प्रदेश प्रमुख तोकेको स्पष्ट पार्दै  रावलले बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भने– ‘प्रदेशको राजधानीका विषयमा प्रदेशसभाको निर्णय पर्खिनु पर्छ। कहाँ राजधानी तोक्ने प्रदेशसभासंग अधिकार छ। प्रदेशसभाको दुई तिहाइ बहुमतले त्यो निर्णय लिन्छ।’

विकास र समृद्ध ल्याउन जहाँ सजिलो हुने ठहर हुन्छ त्यही प्रदेशसभाले राजधानी तोक्नुपर्ने उनको सुझाव छ।

प्रकाशित: ३ माघ २०७४ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App