coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फेल्पसको कीर्तिमान

रियो दी जेनेरियो- पौडी स्टार माइकल फेल्पसले बुधबार ओलम्पिकमा २० औं स्वर्ण पदक नाटकीय रूपमा जितेका छन्। पौडीमा ऐतिहासिक सफलता हासिल गरिसकेको माइकलले रियोमा स्वर्ण जित्नु अघि छोरा बुमेरलाई चुम्बन गरेका थिए। त्यसपछि उनले ओलम्पिकमा २१ औं स्वर्ण जित्दै कीर्तिमान बनाएका छन्। उनी ओलम्पिकमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी हुन्। अमेरिकी खेलाडी फेप्लसले यसपटक भने २०० मिटर बटरफ्लाईको स्वर्ण जित्दा तनाव सामना गर्नुपर्‍यो। उनले चिरप्रतिद्वन्द्वी तथा साविक विजेता दक्षिण अफ्रिकी चाड ली क्लोसलाई पछाडि पारे पनि अन्यसँग कडा प्रतिस्पर्धा गर्नुपरेको थियो।

उनले स्वर्ण जितेपछि आकाशतिर हेर्दै रियोमा उपस्थित समर्थकसँग खुसी साटेका थिए। उनले समर्थकलाई खुसी मनाउन प्रोत्साहित गरे र समर्थकले उनको इसारा बुझ्दै साथ दिए।

महिलातर्फ भने हंगेरीकी 'आइरन लेडी' कटिन्का होस्जु र अमेरिकन जिम्न्याष्टिक खेलाडी सिमोन बिल्स शक्तिशाली रूपमा प्रस्तुत भए। रियोमा होस्जुले तीन स्वर्ण र बिल्सले चार स्वर्ण जितिसकेका छन्।

तर, ३१ वर्षे फेल्पस रियो ओलम्पिकमा पनि सनसनीपूर्ण नतिजा निकाल्न सफल भए। रियोको ४ गुणा २०० मिटर फ्रिस्टायलमा पनि उनले स्वर्ण जितेपछि उनले कीर्तिमान बनाएका थिए। दर्शकले भरिएको भिडमा फेल्पसले डाइभ हानेका थिए।

विम्बल्डन टेनिसको जस्तो शैलीमा उनले बुमेरलाई चुमे। भावनात्मक बनेको पुरस्कार वितरण समारोहपछि उनले पार्टनर (श्रीमती) निकोल जोन्सनलाई पनि चुम्बन गर्दै खुसी साटे। 'त्यो इभेन्ट मेरा लागि बटर र मखन जस्तै थियो। त्यो बेला मेरो अन्तिम खेल थियो। म अब त्यसरी कहिल्यै पौड्ने छैन,' फेल्पसले भने, 'त्यो कुनै नर्क थिएन जहाँ मैले हार्नु परोस्। यदि मैले हारेको भए पुलमा मैले सबै थोक गुमाउने थिएँ।'

बुधबार रियो पौडी एरिनामा एउटा ऐतिहासिक प्रतिस्पर्धा हेर्न पाएका समर्थकले। जहाँ फेल्पसले  २०० मिटर बटरफ्लाईमा पुरानो प्रतिद्वन्द्वी चाड ली क्लोसलाई हराउँदै आफ्नो प्रतिष्ठा जोगाए। उनले २००१ मा यसै इभेन्टमा पहिलो विश्व कीर्तिमान बनाएका थिए। त्यसपछि २००४ र २००८ मा स्वर्ण जिते पनि लन्डनमा ली क्लोसलाई स्वर्ण सुम्पेका थिए।

मंगलबारको प्रतिस्पर्धालाई ओलम्पिक इतिहासमा ३१ वर्षअघि 'अली र फ्राजियर' बीचको भिडन्तसँग तुलना गरिएको छ। जहाँ कसैसँग नहारेका दुई खेलाडी आमने सामने हुँदा अली पराजित भएका थिए। 

विश्व कीर्तिमानी र धेरै सजाय भोगेका ओलम्पियन हुन् फेल्पस। उनले बुधबार स्वर्ण जित्दा १ मिनेट ५३.३६ सेकेन्ड लगाए। उनलाई कडा चुनौती दिएका जापानका मासाटो साकाई ४ पल्सले पछि रहे। उनले १ मिनेट ५३.४० सेकेन्डमा पूरा गर्दै रजत र हंगेरीका तामाज किन्डेर्सीले १ मिनेट ५३.६२ सेकेन्डमा कांस्य पदक जितेका थिए। रियो ओलम्पिक फेल्पसका लागि अन्तिम तथा पाँचौं ओलम्पिक प्रतियोगिता थियो। ओलम्पिकमा उनले जित र संघर्ष दुवै सामना गरे। लन्डन ओलम्पिकमा उनले दक्षिण अफ्रिकाका ली क्लोससँग कडा प्रतिस्पर्धा गर्नुपरेको थियो । 'म उसले जितोस् भन्ने चाहँदिन।  उसले पनि मैले जितोस् भन्ने चाहँदैन,' फेल्पसले भने, 'ऊ राम्रो पौडी धावक हो। सधैँ उसले राम्रो गर्ने क्षमता राख्छ। मलाई थाहा छ ऊ सधैँ कहाँ हुन्छ भन्ने। अन्तिम १० मिटरमा मजाक हुँदैन।'

रियोमा फेल्पसले ४ गुणा १०० मिटर फ्रिस्टायलको स्वर्ण जित्दै ओलम्पिकमा १९ औं स्वर्ण पुर्‍याएका थिए। उनले मंगलबार  ४ गुणा २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेर इतिहास कायम राखे।

प्रकाशित: २७ श्रावण २०७३ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App