४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रदेश प्रमुखको सपथ शुक्रबारसम्म

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबारसम्म पद तथा गोपनीयताको सपथ गराउने भएकी छिन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरुको नियुक्ती गरेसँगै राष्ट्रपति कार्यालयले उनीहरुको सपथको तयारी थालेको हो।

‘सरकार र राष्ट्रपति कार्यालय दुबै तयारी मिल्योभने भोलि(बिहीबार) नै सपथ हुनपनि सक्छ,’राष्ट्रपतिकी जनसम्पर्क स्वकीय सचिव जीवछ साहले नागरिकसँग भने, ‘तयारी पुगेन भने शुक्रबार प्रदेश प्रमुखहरुको सपथ हुन्छ ।’

मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखहरु नियुक्त गरेपनि त्यसको जानकारी राष्ट्रपति र राष्ट्रपति कार्यालयलाई बिहीबार मात्र गराउने भएको छ । त्यसका साथै सरकारले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनका लागि राष्ट्रपति कार्यालयलाई औपचारीक आग्रह गर्ने छ।

‘सरकारको निर्णयलाई राष्ट्रपति र राष्ट्रपति कार्यालयले कार्यान्वयन गर्ने हो,’ साहले भने, ‘सरकारको तयारी अनुसार हाम्रो कार्यालयले त्यसलाई तदारुपताकासाथ कार्यान्वयन गर्ने छ।’

मन्त्रिपरिषद्को बैठकले प्रदेश एकबाट गोविन्द सुब्बा, प्रदेश दुईबाट रत्नेश्वरलाल कायस्थ, प्रदेश तीनबाट अनुराधा कोइराला, प्रदेश चारबाट बाबुराम कुँवर, प्रदेश पाँचबाट उमाकान्त झा, प्रदेश छबाट दुर्गा खनाल र प्रदेश सातबाट मोहनराज मल्ल नियुक्त गरेको छ।

 

 

प्रकाशित: ३ माघ २०७४ १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App