coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भारतसँगको टेष्ट श्रृंखला दक्षिण अफ्रिकाद्वारा कब्जा

दक्षिणअफ्रिका – भारतसँगको ३ टेष्टको श्रृखलाको दोस्रो टेष्टमा पनि दक्षिण अफ्रिका विजयी भएको छ । बुधबार सम्पन्न खेलमा अफ्रिकाले भारतलाई १ सय ३५ रनले पराजित गर्दै  टेष्ट श्रृंखला कब्जा गरेको हो ।

पहिलो टेष्टमा पनि दक्षिण अफ्रिका विजयी भएको थियो । यो सँगै दक्षिण अफ्रिकाले ३ टेष्टको श्रृंखला २–० ले आफ्नो पक्षमा पार्न सफल भएको छ ।  

२ सय ८७ रनको लक्ष्य पछ्याएको भारत १ सय ५१ रनमा अलआउट भयो । भारतका लागि रोहित शर्माले सर्वाधिक ४७ रन बनाए । त्यस्तै मोहम्मद सामीले २८ तथा चेतेश्वर पुजारा र पार्थिब पटेलले समान १९–१९ रन बनाएका थिए । 

भारतलाई सस्तैमा समेटन दक्षिण अफ्रिकाका लुंगी जिदीले ६ र कागिसो रबडाले ३ विकेट लिए।

३ विकेट गुमाएर ३५ रनको अवस्थाबाट आज अन्तिम दिनको खेल थालेको भारतले १ सय १६ रन बनाउँदा थप ७ विकेट गुमाएको थियो।

प्रकाशित: ३ माघ २०७४ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App