coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा एमालेलाई २९, माओवादीलाई १४

काठमाडौं- नेकपा एमाले र माओवादीको संयुक्त कार्यदलले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटको भागवण्डामा सहमति गरेको छ।

आज बसेको कार्यदलको बैठकले १४ सिट माओवादीले र २९ सिट एमालेले लिने गरी सहमति भएको माओवादी नेता मात्रिका यादवले बताए।

’१४ सिट माओवादी र २९ सिट एमालेले लिने गरी सहमति भएको छ’, यादवले भने, ‘बाँकी सिटबारे पछि सहमति गर्ने र अन्य दलहरुसँग पनि छलफल गर्ने छौं।’

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुँदैछ। कार्यदलले गरेको निर्णयलाई पार्टी एकता संयोजनन समितिले अन्तिम रुप दिने छ। कार्यदलले राष्ट्रिय सभा र प्रदेश सरकारको निर्वाचबारे सुझाव र तयारी गर्ने गरी कार्यदल गठन गरेको थियो।

 

 

 

प्रकाशित: ३ माघ २०७४ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App