७ वैशाख २०८१ शुक्रबार
समाज

विपन्न समुदायका विद्यार्थीहरुलाई सोलार वितरण

सोलार बत्ती पाएपछि फोटो खिचाउदै सहायक प्रधानाध्यापक प्रवेश आरसाीका साथ विद्यार्थीहरु । तस्वीर जनक केसी /नागरिक

जाजरकोट – जाजरकोटका विपन्न समुदायका विद्यार्थीहरुका लागि सोलर बत्ती वितरण गरिएको छ। पढ्नका लागि सजिलै उज्यालो बत्ती पाउन नसक्ने बिद्यार्थीहरुका लागि सोलार वितरण गरिएको हो। 

नेपाल सरकारको  शिक्षाका लागि उज्यालो कार्यक्रम अन्तर्गत जाजरकोटका  २ हजार ५  सय  ३२ विद्यार्थीहरुलाई  सोलर वितरण गरिएको  निमित्त जिल्ला शिक्षा अधिकारी  मानवहादुर गिरीले बताए। गिरीले  जिल्लाका विभिन्न  ४१ वटा माध्यमिक विद्यालयमा अध्ययनरत २ हजार ५ सय  ३२  दलित तथा विपन्न विद्यार्थीहरुलाई पढाइमा सहयोग गर्न उक्त सोलार बत्ती वितरण गरिएको जानकारी दिए।  

विपन्न र दलित विद्यार्थीहरुलाई सोलार कम्पनीले  विद्यालयमै गएर सोलार  वितरण  गरेको   निमित्त जिशिअ  गिरीले वताए ।  उनका अनुसार   कुसे गाउँपालिकाको  मान्यढुंगा माध्यमिक विद्यालयवाट सबैभन्दा बढी २ सय ६१ जना विद्यार्थी र  सबै भन्दा कम  त्रिभुवन माध्यमिक विद्यालय खलंगावाट ६ जना विद्यार्थीहरुले  सोलार प्राप्त गरेका छन्।  

दुई वटा बल्व, एउटा  पाता, व्याट्री सहित  १० वाटको सोलार बत्ती  विद्यार्थीलाइ बितरण गरिएको  र यसले बत्तीको समस्या भएका विपन्न र दलित विद्यार्थीहरुलाइ ठुलो राहत मिलेको  त्रिभुवन माध्यमिक विद्यालय खलंगाका सहायक प्रधानाध्यापक प्रबेश आरसीले बताए। 

उनले सरकारले विपन्न समुदायका विद्यार्थीहरुको पढाइमा  सहयोग पु¥याउन ल्याएको कार्यक्रम निकै  प्रभावकारी  भएको बताए।  बिद्युतको पहुँच नभएका तथा  आर्थिक अवस्था निकै कमजोर  भएका  विद्यार्थीहरुको पढाइमा सहयोग पु¥याउन सरकारले गत बर्ष  विद्यार्थीहरुवाट आवेदन माग गरेपछि विद्यार्थीहरुले शिक्षा कार्यालय मार्फत   निवेदन दिएका थिए।  बत्ती अभावमा  आफ्नो पढाइ सुधार गर्न नसकेका र  स्कुलको गृहकार्य गर्न समेत समस्या पर्ने गरेका विद्यार्थीहरुले  सोलारवाट ठुलो राहत महसुस गरेको स्वयम विद्यार्थीहरुको प्रतिक्रिया रहेको छ।  

कक्षा  ९ र १० मा पढ्न विद्यार्थीहरुका लागि भनेर  सञ्चालित कार्यक्रम विद्यालय शिक्षा परीक्षा तर्फ केन्द्रित रहेको  बताइएको छ।  सोलार बत्ती पाएपछि आफुलाइ  पढाईमा निकै रुचि जागेको  त्रिभुवन माध्यमिक विद्यालयकी छात्रा सुनीता बिष्टले बताइन्। उनले भनीन् घरमा बिजुली  जोड्न  समस्या परेको र सोलार पाएपछि पढ्न  मन लाग्न थालेको छ। सुनीता जस्तै  सोहि विद्यालयका   गणेश टमाटाले  घरमा आमाबुवाले  बिजुली र अन्य उज्यालोको व्यवस्था गर्न सक्नु हुदैनथ्यो तर  सोलार पाएर ठुलो  सहयोग मिलेको छ।

प्रकाशित: ३ माघ २०७४ ०९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App