सुत्केरी हुने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

बुधबार, ०३ माघ २०७४, १३ : ०२ नागरिक

रुकुम – रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। 

स्वास्थ्य संस्थामा आएर सुरक्षितरुपमा सुत्केरी गराउने उद्देश्यले घरबाट आउन र फर्कनका लागि गर्भवती महिला निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गर्न लागिएको नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिए। 

त्यसका लागि नगरपालिका आफैँले दुई वटा एम्बुलेन्स खरिदको प्रक्रिया अगाडि बढाएको छ, उनले भने– “यातायात सेवाको अभावमा धेरै महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन सकेको छैन्।” सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन नसक्दा महिलामा विभिन्नखालका स्वास्थ्य समस्या देखिएकाले सुरक्षित मातृत्व सेवाका लागि निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गर्न लागिएको नगर प्रमुख केसीले बताए। 

उनले यसअघि नगरपालिकाले विशेषज्ञ चिकित्सकको नेतृत्वमा गरिएको स्वास्थ्य शिविरमा अधिकांश महिलामा तल्लोपेट दुख्ने र पाठेघर खसेको समस्या देखिएकाले उनीहरुको स्वास्थ्यमा सुधार ल्याउनका लागि पनि एम्बुलेन्सको आवश्यकता रहेको बताए। 

यसका साथै नगरपालिकाले सुत्केरी तथा गर्भवती महिलालाई स्वास्थ्य संस्थामा खोप लगाउन आउँदा तरकारीको बीउ उपहार दिने कार्यक्रम शुरु गरेको छ। महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन र नगरपालिकालाई पूर्ण खोपयुक्त नगर बनाउनका लागि यस्तो अवधारणा ल्याइएको नगर प्रमुख केसीको भनाई छ। 

चौध ठाउँमा नयाँ नगर स्वास्थ्य एकाइ स्थापना गरेर सेवा दिन शुरु गरेको नगरपालिकाले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउने आमालाई रु दुई हजार बराबरको पोषिलो चामल, तेल, जिरा, मसला र तरकारीको बीउ उपहार दिने कार्यक्रम शुरु गरेको उनले जानकारी दिए। 





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad