७ वैशाख २०८१ शुक्रबार
समाज

विपन्न परिवारलाइ पाँच सय बढी कम्बल वितरण

सिन्धुली – अत्याधिक चिसो बढ्दै गएपछि सिन्धुलीको दुधौली नगरपालिकाका विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। रेडक्रस शाखा सिन्धुलीको सहयोगमा दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले झन्डै पाँच सय मुशहर समुदायका परिवारलाई कम्बल वितरण गरेको रेडक्रस शाखा सिन्धुलीले जनाएको छ। 

मेयर राउतले दुधौली नगरपालिका वडा नम्बर ६ मा चालिस, ७ मा एकसय ८ मा चालिस, ९ मा दुईसय घरधुरीलाई कम्बल बाडेका हुन्। यस्तै वडा नं. १० मा १५० घरधुरीलाई कम्बल बितरण गरिसकिएकोले अब  ४ नं वडाका ४९ र ११ नं वडामा ७६ घरधुरीलाई कम्बल वितरण गरिने तयारी भइरहेकोे नगरपालिकाले जनाएको छ। 

अत्याधिक चिसो बढ्दै गएपछि विपन्न बस्तिका मुसहरहरुलाई चिसोबाट बच्नका लागि कम्बल वितरण गरिएको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले जानकारी दिए। 

चिसो मौसममा कम्बल दिई ठुलो सहयोग गरेको भन्दै कम्बल पाएका स्थानिय मुसहरहरु खुसी भएका छन्। चिसो दैनिक बढेको छ, चिसो ढाक्ने उचित कपडा नहुँदा चिसोले कठ्याङग्रिएर बस्नुपर्ने बाध्यतामा हामीले कम्बल पायौ, कम्बल लिएका मुसहर समुदायका एक स्थानियले भने–‘धेरै खुसी छौ।’ 

दिउँसोको समयमा घाम लागेपनि बिहान बेलुका सिन्धुलीमा अत्याधिक चिसो बढेपछि विपन्न बर्गका स्थानिय त्यसको मारमा परेका छन्। 

प्रकाशित: ३ माघ २०७४ ०६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App