८ वैशाख २०८१ शनिबार
राजनीति

संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजिँदै : नेता महरा

पोखरा –  नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले सरकारले संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजेको बताएका छन्। 

प्रेस सेन्टर कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता महराले दुइवटै पार्टीको बीचमा कुनै पनि समस्या पैदा नहोस् भन्ने सोचका साथ राष्ट्रियसभाको निर्वाचनपछि सरकार बनाउने गरी तयारी गरेको बताए। 

सरकारको आजभोलि नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने हल्ला गरेको भए पनि उसको नियत राम्रो नदेखिएको उनले बताए। निर्वाचनको जनादेशअनुसार दुई पार्टी मिल्नुको विकल्प नभएको बताउँदै उनले यसका लागि दुवै पार्टीका अध्यक्षबीच कुराकानी भएको र पार्टी संयोजन समितिको पनि बैठक बसी छलफल गरिएको उल्लेख गरे। 

सो अवसरमा पूर्व सभामुख एवम् माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीले आफू तत्कालीन अवस्थामा सभामुख जस्तो पदीय जिम्मेवारीमा रहेका कारण प्रत्यक्षतर्फबाट चुनाव नलडेको बताए। 

पत्रकार सम्मेलन प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा भएको थियो।

प्रकाशित: ३ माघ २०७४ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App