७ वैशाख २०८१ शुक्रबार
राजनीति

डोटीमा राजधानी माग्दै फेरि हड्ताल

७ नम्बर प्रदेशको राजधानी माग्दै मंगलबार राती निकालिएको मसाल जुलूस । तस्बिरः अरूण बम

डोटी – केही दिनअघि उच्च अदालत रहेकै ठाउँमा सरकारले अस्थायी मुकाम तोक्ने सूचना बाहिरिएपछि आन्दोलन रोकी बिश्राम लिएर बसेका डोटेली फेरि आन्दोलनमा उत्रिएका छन् । सात नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी तोकिन लागेको भन्ने खबर प्राप्त गरेपछि डोटेलीहरू पुनःआन्दोलित भएका हुन् । 

मंगलबार बसेको सर्वपक्षीय निर्णय अनुसार डोटीमा बुधबार बिहानैबाट फेरि हड्ताल शुरु भएको हो । यसअघि पुस १९ देखि २४ गतेसम्म हड्ताल चलेको थियो। 

हडतालका कारण सवारी साधनहरू चलेका छैनन् । बजार, शिक्षण संस्था लगायत बन्द छन् । सरकारी कार्यालय, गैह्रसरकारी संघसंस्था सबै बन्द गर्ने निर्णय गरिएको छ । आन्दोलनकारीहरू गाउँगाउँबाट सडकमा ओर्लिन शुरु भैसकेका छन् । जसले वातावरण फेरि असामान्य बन्ने देखिएको छ। 

यसअघि मंगलबार राती आन्दोलनकारीहरुले मसाल जुलुस निकालेका थिए । दिपायलको राजपुर बजारमा निकालिएको जुलसले नाराबाजी सहित क्षेत्रीय प्रशासन कार्यालयको अगाडि केही समय धर्ना दिएर सम्पन्न भएको थियो । 

‘कांग्रेसको सदस्यता त्याग्छौ’
नेपाली कांग्रेसको सरकार हुँदा दिपायलको विपक्षमा निर्णय भए पार्टी सदस्यता त्याग्ने स्थानीय नेताहरुले बताइरहेका छन् । पटक–पटकको दबाबमा पनि सरकारले नसुने जस्तोसुकै विरोध गर्न पनि तयार रहेको स्थानीय नेताकार्यकर्ताहरूको भनाई छ। 

‘अन्यायपूर्ण निर्णय आए सामूहिक राजीनामा पनि आउनसक्छ,’ नेपाली कांग्रेसका जिल्ला सचिव नारायण जोशीले भने, ‘नेपाली कांग्रेस डोटी जनताको भावना विपरित जान सक्दैन् । बरु पार्टी केन्द्रसँग नाता टुटाउन सक्छ।’ सोही कुरा अर्का जिल्ला सचिव बिरेन्द्र शाहले पनि दोहोर्‍याए। उनले  दिपायलको विपक्षमा निर्णय आए आफ्नै नेताको पुत्ला दहन गर्नपनि पछि नपर्ने दाबी गरे।
 
‘हामी पहिले यही माटो र यहाँका जनताका प्रतिनिधि हौ । त्यसपछि पो कांग्रेस । कांग्रेस पनि न्याय र लोकतन्त्रका लागि लडेको पार्टी भएकाले आबद्ध छौ,’ डोटी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बिजय खड्काले भने, ‘जब पार्टी नै अन्याय गर्छ भने हामी कसरी कांग्रेसमा बस्न सक्छौ ?’

काठमाडौँमा रहेका नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीप देउवाले अझै आशा बाँकी रहेकाले तत्काल ठूलै प्रतिक्रिया दिन नसकिने बताए । तर, आफू दिपायलका पक्षमा जस्तोसुकै हदसम्म पनि जानसक्ने प्रतिक्रिया दिए। 

प्रकाशित: ३ माघ २०७४ ०५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App