५ वैशाख २०८१ बुधबार
खेल

लक्ष्य पूरा भएको जानकारी

काठमाडौं – दृष्टिविहीन नेपाली क्रिकेट टोलीका लागि सहयोग अभियान थालेको नेपाल क्रिकेट समर्थक समाजले मंगलबार आफ्नो लक्ष्य पूरा भएको जनाएको छ।

‘जाँदा ट्रेनमा, फर्कंदा प्लेनमा’ नारा दिएर अभियान थालेको समर्थक समाजले मंगलबार साँझसम्म ६ लाख १२ हजार ४ सय ३३ रुपैयाँ रकम संकलन भइसकेको जनाएको छ । उसले ५० देखि ६० हजार रुपैयाँ रकम दिने घोषणा भए पनि संकलन हुन बाँकी रहेको जनाएको छ ।

भारतको दिल्ली, अमृतसार हुँदै पाकिस्तानको लाहोरमा प्रतियोगिता खेलेर बाँकी खेलका लागि दुबई पुगेको दृष्टिविहीन टोली अब फ्लाई दुबईबाट सीधै काठमाडौं फर्कने भएको छ । यसअघि टोली गएकै बाटो फर्कने कार्यक्रम थियो । समर्थक समाजका अनुसार फ्लाई दुबई एयरलायन्सले टिकट रकममा ३० प्रतिशत छुट दिएको छ ।

खेलकुदको सरकारी निकायबाट सहयोगको आश्वासन मात्र पाएको समर्थक समाजलाई आम समर्थक, राष्ट्रिय टोलीका पूर्वकप्तानसहित खेलाडीहरू र केही जिल्ला क्रिकेट संघका पदाधिकारीहरूले सहयोग गरेका थिए ।
टिकट खरिदपछि बचेको रकम टोली फर्किएपछि हस्तान्तरण गर्ने समर्थक समाजले जनाएको छ ।
 

प्रकाशित: ३ माघ २०७४ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App