कांग्रेस भ्रातृ संगठनमा विवाद चुलियो

बुधबार, ०३ माघ २०७४, ०७ : २४ बालकृष्ण अधिकारी  | @adhikaribal

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघभित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ ।

यी संगठनका पदाधिकारीहरु स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भ्रातृ संगठन परिचालन नभएको भन्दै एकअर्कामाथि दोष थुपार्न सक्रिय छन् ।महाधिवेशन भएको एक वर्ष बढी हुँदासमेत माउ पार्टीभित्रको गुटगत तानातानले केन्द्रीय समितिलाई पूर्णता दिन पाउन नसकेको प्रमुख तीन भ्रातृ संगठनमा निर्वाचनपछि आन्तरिक विवाद सडकमा आइपुगेको हो ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले संगठनलाई चलायमान बनाउन नसकेको आरोप लगाउँदै असन्तुष्ट पक्षले समानान्तर र छुट्टै कार्यक्रम गर्न थालेपछि संघभित्रको विवाद तीव्र बन्न पुगेको छ ।
पार्टी नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट नेविसंघका नेताहरुले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा समानान्तर कार्यक्रम सञ्चालनपछि विवाद सतहमा आएको छ ।

सिटौला निकट संघका नेताहरुले अध्यक्षसँगको परामर्शबिना नै कार्यक्रम राखेको जनाउँदै अनुशासन समितिले उपाध्यक्ष रामप्रसाद अधिकारीलाई स्पष्टीकरण सोधेको छ । अनुशासन समिति संयोजक अम्बिका चलाउनेले स्पष्टीकरण सोधेलगत्तै अधिकारी निकट मानिने राजेश रौनियारले पनि अध्यक्ष महरलाई स्पष्टीकरण सोधेपछि संघभित्रको विवाद उत्कर्षमा पुगेको हो ।अध्यक्ष महरले चलाउने संयोजकत्वमा र महामन्त्री कुन्दन काफ्लेले रौनियारको संयोजकत्वमा महामन्त्री अनुशासन समिति गठन गरेका थिए । पौडेल निकट संघका नेताहरुले भने दुवैलाई अस्वीकार गर्दै आएका छन् ।

संघकी उपाध्यक्ष उर्मिला थपलियाले दुवै अनुशासन समिति विघटन गरेर नयाँ बनाउनुपर्ने बताइन् ।  ‘दुवै समिति विधि र विधानअनुसार गठन भएका छन्,’ उनले भनिन्, ‘त्यसलाई तत्काल भंग गरेर नयाँ अनुशासन समिति गठन गर्नुपर्छ ।’

संघका उपाध्यक्ष अधिकारीले संगठनलाई चलायमान बनाउन अध्यक्षको परामर्शमा कार्यक्रम राखे पनि आफूलाई स्पष्टीकरण सोधिएको दाबी गरे । ‘प्रदेशको निर्णयमा कार्यक्रम गर्न पाउने नियमावलीले अधिकार दिएको छ । कार्यक्रम गरेर संगठनलाई चलायमान बनाउन पनि नपाइने हुन्छ ?’ उनले भने, ‘अध्यक्षजीले स्पष्टीकरण सोध्नुभएको छ । योभन्दा अघि बढ्नुभयो भने उहाँ (अध्यक्ष) लाई नै अनुशासन समितिबाट कारबाही गरेर संघको नेतृत्व सम्हाल्छु ।’

मुलुकमा तीन ठूला निर्वाचन हुँदा पनि अध्यक्षको नालायकीपनले नेविसंघको उपस्थिति नदेखिएको बताउँदै अधिकारीले भने, ‘संगठन परिचालनको कुरा त टाढैको भयो, उहाँले आफ्नै जिल्लामा सूर्यलाई भोट मागेर पार्टीलाई हराउन लाग्नुभयो भनेर जिल्ला सभापतिले कारबाहीका लागि लेखेर पठाउनुभएको छ ।’
उनीहरुले बुधबार धादिङमा प्रदेश नम्बर तीनको प्रशिक्षण कार्यक्रम राखेका छन् ।तर, उक्त कार्यक्रममा सभापति देउवा र नेता पौडेल पक्षीय संघका नेताकार्यकर्ता भने सहभागी नहुने भएका छन् ।
केन्द्रीय समितिसँग परामर्श नगरी प्रशिक्षण कार्यक्रम राखिएको बताउँदै संघका अध्यक्ष महरले भने, ‘संगठनले सरकारसँग विभिन्न माग राखेर आन्दोलन जारी राखेकाले धादिङको कार्यक्रममा केन्द्रीय समितिका कोही पनि जानुहुन्न ।’

त्यस्तै, नेता पौडेल पक्षीय संघका नेताहरुले ‘बलियो कांग्रेसका लागि सशक्त नेविसंघ’ भन्ने नारासहित छुट्टै कार्यक्रम चलाउँदै आएका छन् । अध्यक्ष महरले संगठनलाई मनोमानी ढंगबाट अघि बढाएको आरोप लगाउँदै उनीहरुले राजधानी र अन्यत्र पनि समानान्तर कार्यक्रम चलाउँदै आएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका दिन नेविसंघको आयोजनामा एउटै समयमा राजधानीमा समानान्तर कार्यक्रम गरेका उनीहरुले पुस २८ गते पनि काठमाडौंको धुलो काम गर्न आग्रहसहित काठमाडौं महानगरपालिकामा धर्ना दिएका थिए । सोही दिन केन्द्रीय समितिले विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमा, बेरोजगार भत्ता, प्रमाणपत्र धितो राखी सहुलियमा ऋणसहितका सातबुँदे माग पूरा गर्न देशैभरिका जिल्ला प्रशासन कार्यालयमा नेविसंघले संकलन गरेको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको थियो ।

संघका अध्यक्ष महरले महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय सदस्य पनि मनोमानी ढंगले मनोनीत गरेको दुवै पक्षको आरोप छ । संगठनमा परामर्श नगरी महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरेर पराजित भएकालाई अध्यक्षले एकपक्षीय ढंगबाट मनोनीत गरेको उनीहरुको गुनासो छ । अध्यक्षलाई दुई उपाध्यक्ष, एकएक महामन्त्री र सहमहामन्त्रीसहित २३ केन्द्रीय सदस्य मनोनीत गर्न पाउने अधिकार छ । अध्यक्ष महरले दुईदुई उपाध्यक्ष र सहमहामन्त्रीका साथै केही केन्द्रीय सदस्यबाहेक अधिकांश पदमा मनोनीत गरिसकेका छन् ।

संघ एउटा आन्दोलन भएको जनाउँदै अध्यक्ष महरले भने, ‘संगठनभित्र असामान्य अवस्था छैन । केही दिनमा सबै विषय समाधान हुन्छन् ।’त्यस्तै, गुटगत सन्तुलन नमिल्दा महाधिवेशन भएको एक वर्ष बढी हुँदासमेत तरुण दलको केन्द्रीय समिति गठन हुन सकेको छैन । पार्टीभित्र चार समूहको अस्तित्व स्वीकार गर्दै सभापति देउवा, नेता पौडेल, सिटौला र खुमबहादुर खड्कालाई एकएक पदाधिकारी बाँडफाँट गर्दै २०७३ मंसिर १ गते महाधिवेशन सम्पन्न भएको थियो ।

बाँकी पदाधिकारी र सदस्य एक साताभित्र चयन गर्ने पार्टी केन्द्रीय निर्देशन समिति संयोजक बालकृष्ण खाँणले जानकारी गराए पनि १४ महिना हुँदासमेत समिति विस्तार हुन सकेको छैन । जसले गर्दा अध्यक्षले मनोनीत गर्ने दुई सचिवसहित १६ केन्द्रीय सदस्य मात्र होइन महाधिवेशनबाटै चयन हुनुपर्ने खुला २३, एक महिलासहित प्रदेशबाट २८, महिला ७, आदिवासी जनजाति र मधेसीबाट ४–४, दलित र अल्पसंख्यकबाट ३–३, सहिद परिवार, थारू र मुस्लिमबाट एकएकजना केन्द्रीय सदस्यसमेत चयन हुन सकेको छैन ।

पार्टी भगिनी संगठन महिला संघको अहिलेसम्म विधानकै टुंगो लाग्न सकेको छैन । संघकी महासचिव धना खतिवडाले विधान निर्माणसहितका काम केही पनि अघि नबढेको बताइन् । ‘राष्ट्रियसभा निर्वाचन सकियोस्, त्यसपछि संगठनभित्रको काम पनि अघि बढ्छ,’ खतिवडाले भनिन् ।


केन्द्रीय समिति बैठक भोलि
काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ । निर्वाचन समीक्षाका लागि केन्द्रीय समिति बैठक नबोलाएको भन्दै सभापति शेरबहादुर देउवाको चौतर्फी आलोचना भइरहेका बेला उनले बिहीबार बिहान ११ बजेका लागि बैठक डाकेका हुन् ।

पार्टी नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सोमबार सभापति देउवालाई भेटेर तत्काल केन्द्रीय समिति बैठक बोलान दबाब दिएका थिए । नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलासमेत उपस्थित सो भेटपछि देउवाले बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको कारण र अबको रणनीतिका विषयमा छलफल हुनेछ । बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीले खडा गर्ने उम्मेदवार र त्यसपछि पार्टीका दिनमा पार्टीको भूमिका विषयमा पनि सदस्यहरुले आआफ्ना धारणा राख्नेछन् ।

निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी लिँदै सभापति देउवा र नेता पौडेलले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने आवाज केही युवा केन्द्रीय सदस्यहरुले उठाइरहेका छन् । सोही विषयले पनि केन्द्रीय समितिमा प्रवेश पाउनेछ ।

त्यस्तै, पार्टी विधि र विधानविपरीत चलेको भन्दै विधानविपरीत गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटनको प्रस्ताव पनि पौडेल पक्षीय नेताहरुले बैठकमा लैजाने भएका छन् । पार्टीलाई विधि र विधानअनुसार संस्थागत ढंगले अघि बढाउनुपर्ने भन्दै नवीन्द्रराज जोशी, दीपक गिरीसहित १४ युवा केन्द्रीय सदस्यले विधानअनुसार केन्द्रीय समिति र विभागहरुलाई पूर्णता दिनुपर्ने, नयाँ संविधानको व्यवस्थाअनुसार महासमितिको बैठक बोलाएर विधान संशोधन गरी पार्टी संगठनलाई संघीय ढाँचामा ढाल्नुपर्ने माग पनि बैठकमा राख्ने तयारी छ ।

उमेर हद ७० वर्ष तोक्नुपर्ने पक्षमा रहेका धनराज गुरुङ, चन्द्र भण्डारी, गगनकुमार थापा, प्रदीप पौडेलसहितका नेताहरुले महासमिति बैठकले पार्टी विधान संशोधन गर्दै सोहीअनुसार तत्काल (समयअघि नै) महाधिवेशन गर्नुपर्ने धारणा पनि सामूहिक रुपमा बैठकमा पेस गर्ने तयारी छ ।

सभापति देउवा निकट नेताहरु भने निर्वाचन पराजयको जिम्मेवारी सामूहिक रुपमा लिनुपर्ने पक्षमा छन् ।
केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा महामन्त्री शशांक कोइरालाले परिवारका दुई सदस्यसमेत रहेका केन्द्रीय सदस्यहरु सुजाता कोइराला, शेखर कोइराला, मोहमद अफ्ताव आलमसहितका नेताहरुसँग मंगलबार बिहान भेट गरेका छन् ।   

यसैबीच, निर्वाचनको मुखमा पार्टी एकीकरण गरेका विजयकुमार गच्छदार बिहीबारको बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी हुनेछन् । दुई पार्टी एकीकरण भए पनि निर्वाचनमा सक्रिय रहँदा केन्द्रदेखि तल्लो तहसम्म पार्टी एकीकरण प्रक्रिया अघि बढ्न सकेको छैन ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

निःशुल्क सेवा प्रदान

निःशुल्क सेवा प्रदान

चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा बिहीबार बहिरङ (ओपिडी) तर्फको टिकट निःशुल्क...

महिन्द्रा उत्सव योजना सार्वजनिक

महिन्द्रा उत्सव योजना सार्वजनिक

महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले महिन्द्रा उत्सव योजना सार्वजनिक गरेको छ । ...

कामना सेवाकोे ओडी कार्ड

कामना सेवाकोे ओडी कार्ड

कामना सेवा विकास बैंकले ओभर ड्राफ्ट कार्डबाट सेवा सुरु गरेको छ । ...

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

Ncell Footer Ad