४ वैशाख २०८१ मंगलबार
समाज

बिचौलियाको बिगबिगी बढेको दाबी

काठमाडौं – कान्तिपुर मिडिया ग्रुपले देशभित्रबाट कालो धन विदेश पुर्याएर ‘सेतो धन’ बनाएर फेरि विदेशतिरै फर्काउने ‘मनी लन्डरिङ’ को सिलसिला रोकिनुपर्ने जनाएको छ ।

कान्तिपुर मिडिया ग्रुपले मंगलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय राजनीतिक नेतृत्वको संरक्षण र सा“ठगा“ठमा आर्थिक अनियमितताको पिरामिड खडा गर्ने बिचौलियाको बिगबिगी बढेको जनाएको हो । स्रोत नखुलेको रकमको अवैध कारोबारमाथि छानबिन नहुने र ‘मनी लन्डरिङ’ को मामिलाले राजनीतिक वैधता पाउने हो भने त्यसको असर मुलुकमाथि नै पर्न सक्ने जनाउँदै उसले शंकास्पद आर्थिक कारोबारमा मुछिएका अजेयराज सुमार्गी पनि त्यही सिलसिलामा समाचारको विषय बनेका स्पष्ट पारेको छ ।

‘केही वर्षअघि सामान्य आर्थिक हैसियत भएका व्यक्तिले एउटा राजनीतिक समूह विशेषस“गको सान्निध्यमा अस्वाभाविक रूपमा फैलाएको आर्थिक साम्राज्य, जसको स्रोत खुलेको छैन,’ उसले भनेको छ, ‘जसको करिब साढे ३ अर्ब रुपैया“लाई नेपाल राष्ट्रबैंकले ‘शंकास्पद’ ठहर गर्दै तीन वर्षदेखि दुईटा बैंकहरूमै ‘सिल’ गरिदिएको छ । सुमार्गीले त्यसअघि ल्याएको करिब साढे ८ अर्बलाई पनि राष्ट्रबैंकले शंकास्पद मान्दै ती सबै रकमको स्रोत छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखि पठाएको छ ।’

शुद्धीकरण विभागले प्रहरीको सिआइबीसित मिलेर तयार पारेको अध्ययन प्रतिवेदनमा उनको रकमलाई ‘अवैध’ ठहर गरिएको उल्लेख गर्दै कान्तिपुर मिडिया ग्रुपले सरकारी निकायले ‘अवैध’ ठहर गरेको कारोबार एवं रकम ‘वैध’ रहेको ठहर गर्ने र त्यसको कानुनी स्रोत खुलाउने जिम्मेवारी सुमार्गीको भएको जनाएको छ।
अवैध आर्थिक कारोबारबारे समाचार लेख्ने सञ्चारगृहविरुद्ध गरेको विष बमन गरेप्रति आपत्ति जनाउँदै कान्तिपुरले समाचार प्रकाशन गरेकै भरमा कपोलकल्पित आरोप लगाएर चरित्रहत्या गर्न खोजिएको दाबी गरेको छ । ‘सरकारी निकायले सुमार्गीको अर्बौं रकमलाई ‘अवैध’ ठहर गरेको र त्यसको स्रोत शंकास्पद रहेको अध्ययन प्रतिवेदन बुझाइसकेको सन्दर्भमा निजमाथि कारबाही नहुनु कानुनी राजको ठाडो उल्लंघन हो,’ उसले भनेको छ ।

कान्तिपुरले २५ वर्षको अविच्छिन्न यात्राका क्रममा अनेक भ्रष्ट र अभद्र प्रवृत्तिको सामना गर्नुपरेको उल्लेख गर्दै आम जनताको स्वार्थलाई केन्द्रमा राखेर हि“ड्ने जिम्मेवारीलाई नभुल्ने पनि स्पष्ट पारेको छ ।  यसअघि सुमार्गीले सोमबार पत्रकार सम्मेलन गरी कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र आफूबीच जग्गा कारोबार भएको र कारोबारको एक वर्षपछि आफूविरुद्ध निराधार समाचार प्रकाशित भएको भन्दै कानुनीरुपमै आफूले वैदेशिक ऋण भित्र्याएको दाबी गरेका थिए ।
 

प्रकाशित: ३ माघ २०७४ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App