coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सम्मानजनक एकता हुन्छः नेता महरा

रोल्पा – नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले एमालेसँग सम्मानजनक एकता हुने बताएका छन्।

‘बाम एकता गर्दै गर्दा माओवादी आन्दोलन भुलेका छैनौ। अब हुने एकता सम्मान जनक एकता हुन्छ। संबैधानिक कारणले सरकार गठन ढिलो भएको हो’, रोल्पाको माडिचौरमा माघी महोत्सब उद्घाटन गर्दै महराले भने– ‘अब समृद्ध नेपालको परिकल्पनाका साथ अघि बढ्ने बेला आएको छ। राजनीतिक अधिकार प्राप्त भएको छ। त्यसलाई सस्थागत गर्दै जाने हो ।’

माघी महोत्सब उद्घाटन कार्यक्रममा बोल्दै माओबादीका अर्का नेता बर्षमान पुनले छिट्टै वाम सरकार बन्ने बताए। ‘निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनको बाटो खुलेको छ। अब छिट्टै बाम गठबन्धन एकताका साथ नयाँ सरकार बन्ने छ। ५ बर्षको स्थायी सरकारको जनादेश अनुसार सरकार बन्छ र देशले गति लिनेछ।’

निवर्तमान सभामुख ओनसरी घर्तीसंगै हवाई मार्ग हुँदै रोल्पा पुगेका माओबादी नेताहरुले बिभिन्न ४ ठाउँका मेला महोत्सब र बिद्यालयको उद्घाटन गरेका थिए। रोल्पाको जेल्वाङमा द्वन्द्वकालमा ज्यान गुमाएका परिवार द्वन्द्वपीडित मंगले बुढाको घर समेत शिलान्यास गरेका छन्।

प्रकाशित: २ माघ २०७४ १५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App