८ वैशाख २०८१ शनिबार
समाज

नेपाल–भारत सीमा स्तम्भको अनुगमन सुरु

रौतहट – नेपाल भारतको सीमा क्षेत्रमा रहेका स्तम्भहरुको अवस्थाबारे दुवै देशका नापी विभागका प्राविधिक टोली मंंगलबारदेखि संयुक्त रुपमा रौतहटको पूर्वी सीमादेखि निरीक्षण अध्ययन कार्य सुरु गरेका छन्।

रौतहटको ३२ किलो मिटर भारतको सितामढी र पूर्वी चम्पारणसंग सीमा जोडिएका दशगजा क्षेत्रमा १५वटा ठूला, २९ वटा मझौला र ११८ वटा सानो पिलरहरु रहेका छन। जसमध्ये ३ वटा ठुलो पिलर र १४ वटा सानो पिलर गरी जम्मा १७ वटा पिलर हराएको छ। नेपाल भारत सीमा क्षेत्रको दशगजामा अवस्थित अधिकाँश पिलरहरु जिर्ण भइसकेकोले उक्त सिमास्तम्भहरुको मर्मत सम्भार गर्नको लागि पिलरको बास्तविक अवस्था बुझ्न दुवै देशका प्राविधिक टोलीले रौतहटको पूर्वी सिमा बागमती नदीदेखि निरीक्षण अध्ययन सुरु गरेका हुन्।

सेप्टेम्बर १३–१५ तारेखमा भारतको देहरादुनमा सम्पन्न भएको सर्भे आफिसियलस कमिटी (एसओसि) को सातौं बैठकमा तय गरेको कार्यक्रम अनुसार सन् २०१७÷२०१८ को नेपाल भारत सिमा सम्बन्धि संयुक्त फिल्ड  कार्यका लागि संयुक्त टोलीहरु भारतीय सीमासंग जोडिएका २६ जिल्लामा गत मंसिर ४ गते देखि परिचालन कार्यक्रम अनुसार रौतहटको ३२ किलोमिटर दशगजा क्षेत्रमा दुवै देशका सर्भेयर टोली खटिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।    

भारतीय सर्वेक्षण विभाग देहरादुनका सर्वेयर धनसिंह असवाल र नेपालका नापी विभागका सर्वेक्षक राहुल कुमार मिश्रको टोलीले संयुक्त रुपमा स्तम्भहरुको निरीक्षण अध्ययन सुरु गरेका छन्। टोलीमा सहभागी भारतीय पक्षका सर्भेयर असवालले नेपाल भारत सीमाक्षेत्रमा अवस्थित स्तम्भहरु मध्ये ७५ प्रतिशत पिलर जिर्ण अवस्थामा रहेको बताए ।
नेपाल भारत सिमाक्षेत्रमा हराएका पिलरहरुको रिपोर्ट सरकारलाई बुझाइसकेपछि र केही हराएको तथा केही सामान्य मर्मत गरेमा दिगो हुने उनको भनाई छ। नेपाली पक्षका नापी विभागका सर्वेयर मिश्रले केही सीमास्तम्भ हराएको, अधिकाँश मर्मत गर्नुपर्ने तथा केही स्थानहरुमा दुवै पक्षबाट सिमा मिचिएको बताए।

उक्त सीमा निरक्षण टोलीलाई निर्वाद रुपमा अध्ययन तथा निरक्षण गर्नमा कुनै विवाद नहुन तथा सहज गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीद्धारा सुरक्षा व्यवस्था मिलाइएको सशस्त्र प्रहरी उपरिक्षक प्रेमराज पोखरेलले बताए।

प्रकाशित: २ माघ २०७४ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App