सर्वोच्चबाट दिपक मनाङेलाई पाँच वर्ष कैद सजायँ, सांसद पद स्वत: बदर

मङ्गलबार, ०२ माघ २०७४, १८ : ४० नागरिक

काठमाडौं- मनाङबाट ४ नम्बर प्रदेशका प्रदेश सभा सांसदमा विजयी राजीव गुरुङ (दिपक मनाङे) लाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ।

सर्वोच्चका न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले यस्तो फैसला गरेका हुन्। सो मुद्दामा पुरावेदन अदालत पाटनले यस अघि नै पाँच वर्षको कैद सबै चार प्रतिवादीलाई नै सुनाएकोमा रेवत कार्की समेतका तीनै प्रतिवादीले पुनरावेदन गरेता पनि दिपक मनाङेले भने पुनरावेदन नगरेकाले पुनरावेदनकै फैसला अन्तिम हुने गरी सर्वोच्चले सदर गरेको हो। ०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै पुनरावेदन अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो। ज्यान मुद्दाका अन्य चार अभियुक्त रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई भने अदालतले सफाइ दिएको थियो।

अन्य प्रतिवादीले भने सो सजायँ चुनौति दिँदै पुनरावेदन गरेता पनि मनाङेले भने पुनरावेदन नगरेकाले पुनरावेदनकै फैसला अन्तिम हुने पनि इजलासले ठहर गरेको छ। पुननरावेदनको फैसला अन्तिम भएता पनि उनी यस अघि उक्त फैसला बमोजिम कैदमा नबसेका हुनाले अब सर्वोच्चको फैसला पछि निज कैदमा बस्नुपर्ने र उनको पद पनि स्वत: बदर हुने कानुनविदहरु बताउँछन्।  कार्की समेतले भने ४ वर्ष अघि सर्वोच्चमा पुनरावेदन गरेका थिए।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad