७ वैशाख २०८१ शुक्रबार
खेल

चौथो एकदिवसीय क्रिकेटमा पनि न्युजिल्याण्ड विजयी

न्युजिल्याण्ड – चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले  पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ।  पाकिस्तानले दिएको २ सय ६३ रनको लक्ष्य न्युजिल्याण्डले ४५ दशमलव ५ ओभरमा  ५ विकेट गुमाएर पूरा गर्यो।

न्युजिल्याण्डको जितमा कोलिन डी ग्राण्डहोमले ४० बलमा ७४, कोलिन मुनरोले ४२ बलमा ५६ र हेनरी निकोल्सले ७० बलमा ५२ रनको योगदान दिए। पाकिस्तानका लागि सदेब खानले ३ तथा रुमान  राइस र हरीस सोहिलले १–१ विकेट लिए।

यसअघि न्युजिल्याण्डको हमिल्टनमा पहिले व्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाइ २ सय ६२ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हाफिजको ८१, फखर जमानले ५४ र  हरीस सोहिलले ५० र रन बनाए। 

पाकिस्तानलाई २६२ रनमा समेटन न्युजिल्याण्डका टीम साउथीले ३, केन विलियम्सनले २ तथा ट्रेन्ट बोल्ड र मिचेल स्यान्छरले १–१ विकेट हात पारे। पाँच खेलको एकदिवसीय श्रृङ्खलामा पाकिस्तानले एउटा खेल पनि जित्न सकेको छैन।

 

प्रकाशित: २ माघ २०७४ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App