८ वैशाख २०८१ शनिबार
राजनीति

‘अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर छ’

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेट गरेका छन्। मंगलबार कान्तिपथस्थित उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा भारतीय राजदूतसँगको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताए। अब नेपाल आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको उनको भनाई थियो।

उपराष्ट्रपतिले युगांैदेखिको नेपाल भारत सम्बन्ध सांस्कृतिक, धार्मिक, भाषिक हुँदै जनस्तरसम्म प्रगाढ रहेको बताए। उनले दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने बताए। उपराष्ट्रपतिले आउँदै गरेको भारतको ७० औं स्वतन्त्रताको दिवसको अवसरमा राजदूतमार्फत भारतीय राष्ट्रपति, समकक्षी, प्रधानमन्त्री, राजनेताहरु र आम भारतीय जनतामा शुभकामना व्यक्त गरे।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत सिंहले अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको बताए। भर्खरै सम्पन्न निर्वाचनमा नेपाली जनताबाट व्यक्त मत नेपाली जनताको सार्वभौम निर्णय भएकोले भारत त्यसलाई स्वगत र सम्मान गर्ने बताउदै राजदूत सिंहले निर्वाचनले नेपालको लोकतन्त्रलाई सुदृढ् गरेको बताए।
भेटमा राजदूत सिंहले भारत र नेपालको सम्बन्ध राजनीतिक भौगोलिक सिमानाको सम्बन्धमात्रै सिमित नरही जनस्तरसम्म जरा गाडेको बताए। उनले प्रविधि, पूर्वाधार, जलविद्युत, व्यापारलगायतका क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत सदैव तयार रहेको स्पष्ट पारे।

प्रकाशित: २ माघ २०७४ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App