coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

२० वर्षपछि सवारी साधन चढ्ने धोको पूरा

–धनबहादुर भण्डारी
डडेल्धुरा – डडेल्धुराका एक गाउँका सर्वसाधारणकोे २० वर्षपछि सवारी साधन चढ्ने धोको पूरा भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं १ खतेडा, बजकोट गाउँका करिब १५० घरधुरी बासिन्दाको सवारी साधन चढ्ने धोको स्थानीय सरकार आएसँगै पूरा भएको हो।

विसं २०५४ मा उद्घाटन गरी सडक खन्ने कार्य गरिए पनि त्यसको २० वर्षपछि मात्रै  काम पूरा भएको उक्त गाउँपालिकाले जनाएको छ।

विसं २०५४ मा कामका लागि खाद्यान्न कार्यक्रममार्फत आनारखोली, बजकोट खतेडागाउँका साथै डडेल्धुरा र बैतडीका अन्य गाउँमा सडक पु¥याउनका लागि उद्घाटन गरिए पनि प्रयास विफल भएको थियो । करिब ९ किमी सडक खन्न २० वर्ष लागेको र करोडौँ पैसासमेत खर्च भएको स्थानीय बासिन्दाले जनाएका छन्।

साविकको जिविसको बजेट, साविककै समैजी गाविसको बजेट, सडक डिभिजन कार्यालय कुलपाते र पाटनको बजेट र सांसद विकास कोषको रकम गरी करोडौँ रुपैयाँ खर्च गरिसक्दा पनि निर्माण हुन नसकेको ९ किमी ग्रामीण सडक स्थानीय जननिर्वाचित प्रतिनिधि आएको केही समयमा नै पुगेको स्थानीय उपभोक्ताको भनाइ छ।

उक्त सडकलाई गाउँसम्म पु¥याउनका लागि स्थानीयबाट  दुई लाख चन्दा संकलन गरी खर्च गर्दा सडक २ किमी मात्रै काटिएको स्थानीय धर्मानन्द भट्टले बताए।

बिरामी वृद्धवृद्धा र सुत्केरी महिलालाई अस्पतालसम्म लैजान समस्या झेल्दै आएको उक्त गाउँका बासिन्दा सडक गाउँमा पुगेसँगै हर्षित बनेका छन्।

रोगी र सुत्केरी अवस्थाका महिलाले तत्काल ज्यान गुमाउनुपर्ने अवस्था अब नभएको चर्चा गर्दै अर्का स्थानीय वीरेन्द्र भण्डारीले भने, “आफू जन्मदा सुरुआत गरिएको सडक आफूले छोराछोरी हुर्काइ सकेका बेलामा गाउँमा बाटो पुग्दा पनि खुशी लागेको छ।”

गाउँपालिका र वडाको बजेटले यो आर्थिक वर्षको पहिलो चौमासिकमै गाउँमा सडक पु¥याइएको सडक निर्माण समितिका अध्यक्ष हरिदत्त भट्टले बताए। (रासस)

प्रकाशित: २ माघ २०७४ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App