६ वैशाख २०८१ बिहीबार
समाज

अर्नाको आक्रमणबाट एकको मृत्यु

इनरुवा – अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको मंगलबार मृत्यु भएको छ।

घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयवासी जुद्धिन मन्सुरीले जानकारी दिए।  

अर्नाको आक्रमणबाट गम्भीर घाइते भएका स्थानीयवासी जमिलको छोरा जावेद आलमको भने जिल्ला अस्पताल इनरुवामा उपचारका भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बालिकाको शव परीक्षणका लागि सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको छ। (रासस)

प्रकाशित: २ माघ २०७४ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App