पत्रकार थापाको निधन

मङ्गलबार, ०२ माघ २०७४, १४ : ४१ नागरिक

इटहरी- सुनसरीका पत्रकारिताको इतिहासका एउटा खम्बा पत्रकार डम्बरबहादुर थापाको मंगलबार विहान निधन भएको छ।

७६ वर्षिय थापाको आफ्नै निवास इनरुवा वडा नं. ६ मधेशा निधन भएको हो। थापा दमले पीडित थिए। उनी नियमित चिकित्सकसँग चेकजाँच गरेर औषधी सेवन गरिरहेका थिए । ‘आज पनि चेकजाँच गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने तयारी अनुसार एम्बुलेन्स डाकिएको थियो । तर, घरमा एम्बुलेन्स आउन नपाउँदै मृत्यु हुन पुग्यो,’ थापाकी श्रीमती कमलाले मंगलबार  भनिन् । कमलाका अनुसार, थापा बिहान उठेर चिया खाएपछि निधन भएको हो ।

नेपाली पत्रकारितामा निडर पत्रकारका रुपमा चिनिएका थापा पञ्चायत कालमा निश्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्दा पत्रकारका रुपमा पहिचान स्थापित गराउन सफल बनेका थिए  । त्यही भएर उनलाई २०४७ साल फागुन २४ गते योद्दा पत्रकारको उपनाम  सहित सृजनशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

 स्वर्गीय थापा पत्रकारिता गर्ने क्रममा पटकपटक गरि ५४ पटक पक्राउ परेका थिए । त्यस क्रममा तीन वर्ष ९ महिना १७ दिन थुनामा बसेका थिए । थुनामै परेका बेला विराटनगर कारागारमा हुँदा मार्ने प्रयास समेत भएपछि २१ दिन अनशन बसेका थिए । अनशन बसेपछि उनलाई जेलमुक्त गरिएको थियो ।

थापा नेपाली पत्रकारिता इतिहासमा अन्तरवार्ताकारका रुपमा समेत लिने गरिन्छ । थापाले तत्कालिन अवस्थामा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, वीपी कोइराला, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, तत्कालिन राजा महेन्द्र, पूर्व भारतीय प्रधानमन्त्री चन्द्र शेखरजस्ता व्यक्तिको समेत अन्तर्वार्ता लिएका थिए । थापाको मंगलबार दिउँसो सुनसरी खोलामा अन्तिम दाहसंस्कार गरिएको छ। दाहसंस्कारको क्रममा नेपाल पत्रकार महासंघले थापाको पार्थिक शरिरमा नेपाल पत्रकार महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको थियो  । थापाको श्रद्दाञ्जली व्यक्त गर्न जिल्लाभरका सञ्चारकर्मी भेला भएका थिए ।

यसैबीच, नेपाल पत्रकार महासंघ सुनसरी शाखाले शोक बक्तब्य जारी गरि थापा निधन भएको दुःखद् खबरले स्तब्ध भएको जनाएको छ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad