७ वैशाख २०८१ शुक्रबार
अर्थ

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा प्रधान विजयी

चितवन- चितवन उद्योग वाणिज्य संघ (उवा संघ)को अध्यक्ष पदमा सहनलाल प्रधान विजयी भएका छन्। प्रधानले राजु श्रेष्ठलाई पराजित गरेका हुन्। संघको नयाँ कार्य समितिका लागि प्रधान र श्रेष्ठले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए । शनिबार उद्घाटन भएको उवा संघको अधिवेशनमा नयाँ कार्य समितिका लागि आइतबार मतदान भएको थियो। मत परिणाम सोमबार सार्वजनिक भएको हो ।

संघको २५ सदस्यी कार्य समितिमा तीनजना सदस्य बाहेक सवै प्रधानको प्यानलका विजयी भए। संघको वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै अन्य तीनजना उपाध्यक्षहरुमा सुमन श्रेष्ठ, भोजराज कौडाल र चिरञ्जीबी सुवेदी निर्वाचित भएका छन् । उनीहरु सवै सहनलाल प्रधानको प्यानलबाट चुनाबी मैदानमा उत्रेका थिए।

कार्य समितिको सदस्यहरुमा इश्वरीप्रसाद खराल, राजेन्द्र ओली, ज्ञानुप्रसाद न्यौपाने, लक्ष्मी रिमाल पौडेल, तारानाथ पाठक, थिरप्रसाद धिताल, अशोक अधिकारी, सोमप्रसाद काँप्री, सिद्धार्थलाल चुके, कृष्णप्रसाद रिजाल, रोहितकुमार श्रेष्ठ, चन्द्रमणि सापकोटा र रजनी मास्के निर्वाचित भएका छन् । त्यसै गरी सदस्यमा नै शिवप्रसाद ओझा, विकास थापा, दीपक शर्मा पौडेल र किरणकुमार खनाल निर्वाचित भए।

                संघको कार्य समिति सदस्यमा कर्पोरेट तर्फ यमबहादुर बिक र शिरिष पन्त तथा क्षेत्रीय संगठित सदस्य तर्फ रेशमलाल आचार्य निर्बिरोध चयन भएका थिए । चितवन उद्योग वाणिज्य संघ ५० वर्ष पुरानो संस्था हो । ३३ सय सदस्य रहेको संघका जिल्लाभरका उद्योगी तथा व्यवसायीहरु संगठित भएका छन्। निर्वाचित पदाधीकारीहरुले मंगलबार नै पदभार ग्रहण गरे । उनीहरुको कार्यकाल दुई वर्षको हुने छ

प्रकाशित: २ माघ २०७४ ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App