४ वैशाख २०८१ मंगलबार
समाज

कोकिनसहित दुई विदेशी महिला पक्राउ

काठमाडौं- लागुऔषध नियन्त्रण ब्युरोले कोकिन तस्करीमा संलग्न दुई विदेशी महिलालाई काठमाडौंबाट पक्रेको छ। लागुऔषध नियन्त्रण ब्युरो(एनसिबी) ले ३ केजी ५४.५ ग्राम अवैध लागुऔषध कोकिनसहित २ जना विदेशी महिलालाई बुधबार सार्वजनिक गरेको हो।

ब्युरोले मलेसियन एअरको उडानमा काठमाडौंबाट क्वालालम्पुर हुँदै थाइल्यान्ड जान लागेकी थाई महिला वारान्या क्युपिकुललाई पक्रेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुटकेसमा फल्स बटन बनाई लुकाई लैजान लागेकोे कोकिनसहित क्युपिकुललाई ब्युरोले मंगलबार पक्रेको हो।

साउन २१ गते आरए ४०२ मार्फत् नेपाल आएकी वारान्या काठमाडौंका विभिन्न होटलमा बस्दै आएको ब्युरोले जनाएको छ। ब्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार थाइल्यान्डमा बस्ने नाइजेरियन मूलका नागरिक रेम्मेले उक्त कोकिन कारोबार गरेबापत ७० हजार भाट दिने आश्वासन वारान्या दिएको बताए। उनका अनुसार सोही अनुसार उनलाई साउन २३ गते स्पेनिस बोल्ने एकजना विदेशी महिलाले कोकिन दिएको प्रारम्भिक सोधपुछमा खुलेको हो। 

ब्युरोले लिभियन महिला रोज्जी गुड्डी टोलेडो भ्यालेजोसलाई नक्सालबाट बुधबार पक्रेको हो। वारन्याको बयानमा खुलेकी स्पेनिस बोल्ने महिला भ्यालेजोस भएको ब्युरोले जनाएको छ।

ब्युरोको अनुसन्धानमा भ्यालेजोसले नै वारान्यालाई कोकिनसहितको सुटकेस दिएको खुलेको छ। रोज्जीलाई कोकिनसहितको सुटकेस बोलिभियाका नागरिक क्लाउडियो नेग्रोले साउन १६ गते बोलिभियामै दिएको र रोज्जीले ३ हजार डलर पाउने प्रलोभनमा उक्त कोकिन बोकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बरामद कोकिनको अन्तर्राष्ट्रिय अवैध बजार मूल्य अनुमानित ६ करोड १० लाख ८० हजार रहेको ब्युरोले जनाएको छ।

अभियुक्त सार्वजनिक गरिएन

ब्युरोले कोकिनसहित पक्राउ परेका दुवै विदेशी महिलालाई सार्वजनिक गरेन। प्रहरी प्रधान कार्यालयको सर्कुलरपछि पहिलो पटक काठमाडौंको प्रहरी इकाईमा भएको पत्रकार सम्मेलनमा ब्युरोले दुवै महिलालाई उपस्थित नगराई पत्रकार सम्मेलन गरेको हो।

प्रहरी प्रधान कार्यालयले अभियुक्तको मानव अधिकार संरक्षणका लागि भन्दै अनुहार छोपेर मात्र सार्वजनिक गर्न देशभर असोज दोस्रो साता सर्कुलर जारी गरेको थियो। डिआइजी चन्दले अभियुक्तलाई प्रधान कार्यालयको निर्देशन बमोजिम सार्वजनिक नगरिएको बताए।

प्रकाशित: २७ श्रावण २०७३ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App