८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बन्धक बनाइएका १३ बालबालिकाको उद्धार

क्यालिफोर्निया–अमेरिकाको क्यालिफोर्नियामा एउटै कोठामा बाँधेर राखेकाे अवस्थामा एउटै परिवारका १३ बालबालिकालाई क्यालिफोर्निया प्रहरीले उद्धार गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित सार्न बर्नाडिनो नजिकको पेरिस नगरको एक अध्याँरो तथा दुर्गन्धित कोठामा उनीहरूलाई सिक्रीले बाँधेर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

उनीहरू २ देखि २९ वर्ष उमेर समूहका रहेको प्रहरीले बताएको छ । क्यालिफोर्निया प्रहरी टोलीले अधिंकाश बालबालिकालाई ओछ्यानमा नै सिक्रीले बाँधेर राखेको अवस्थामा पक्राउ गरेको हो ।
बन्धक बनाइएको स्थानबाट भाग्न सफल  एक बालकले आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूलाई अभिभावकहरूले नै बन्धक बनाएर राखेका जानकारी प्रहरीलाई दिएपश्चात् प्रहरीले उक्त स्थानमा छापा मारेको थियो ।

उनीहरूका बाबुआमालाई क्यालिफोर्निया प्रहरीले पक्राउ गरेको छ ।  
 

प्रकाशित: २ माघ २०७४ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App