७ वैशाख २०८१ शुक्रबार
राजनीति

राप्रपाले केन्द्रीय परिषदको बैठक वीरगञ्जमा गर्ने

काठमाडौँ–  राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो साता वीरगञ्जमा केन्द्रीय परिषद्को बैठक गर्ने भएको छ ।

मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति तथा पार्टीको अस्तित्व र पहिचानलाई परिवर्तित अवस्थामा कायम गर्ने विषयमा उक्त बैठकमा छलफल हुनेछ ।

पार्टीले चुनावमा पराजय भोगेपछिको अवस्थामा अब हिन्दूराष्ट्रलगायतका मुद्दा तथा सिद्धान्तमा अटल रहने, राष्ट्रवादी, प्रजातन्त्रवादी शक्ति निर्माणका लागि उपायको खोजी गर्न सो बैठक उपयोगी हुने केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिइन ।

करिब पाँचसय जनाको सहभागिता रहने सो बैठक पार्टीको केन्द्रीय महाधिवेशन पछिको ठूलो बैठकका रुपमा लिइएको छ ।  (रासस)

प्रकाशित: २ माघ २०७४ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App