युवतीलाई जबर्जस्ती गर्ने साउदी नागरिक पक्राउ

बिहिबार, २७ साउन २०७३, ०८ : २९ नागरिक

काठमाडौं- युवतीलाई पैसा दिएर जबर्जस्ती गर्न खोज्ने एकजना विदेशी नागरिक मंगलबार मध्यरातमा ठमेलबाट पक्राउ परेका छन्। प्रहरीले एक साताअघि नेपाल आएर ठमेलको होटल टाइमामा बसेका साउदी अरबका नागरिक इब्राहिम हसन सिद्धिकीलाई पक्रेको हो। उनको पासपोर्ट नम्बर १७२१६८३ छ।

महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार म्यानपावर कम्पनीको अन्तर्वार्ता लिन आएका सिद्धिकीले मंगलबार होटल कामदार दिपक माझीलाई कम उमेरका केटी यौनसम्पर्कका लागि ल्याउन भनेका थिए। सिद्धिकीले भने अनुसार माझीले ठमेल क्षेत्रमा यौन व्यवसायमा संलग्न एकजना १६ वर्षे युवतीलाई होटलमा लगेका थिए। होटलको कोठामा पस्नासाथ ५४ वर्षीय मोटाघाटा सिद्धिकीलाई देखेपछि युवती डराएर भाग्न खोज्दा उनले हातपात गर्दै जबर्जस्ती गरेका थिए।

वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले युवतीको इच्छा नहुँदानहुँदै सिद्धिकीले जबर्जस्ती गरेपछि त्यहाँबाट भागेर प्रहरीको एकसय नम्बरमा फोन गरेकी थिइन्। 'हामीलाई जानकारी हुनासाथ तत्काल होटल पुगेर सिद्धिकीलाई नियन्त्रणमा लिएका थियांै, बुधबार मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा दर्ता भएको छ,' राठौरले भने।

वृत्तले सिद्धिकीसँग बयानका लागि भाषाको समस्या भएकाले थप विवरणका लागि दोभाषेको माग गरेको छ। सिद्धिकी कुन म्यानपावरका तर्फबाट अन्तर्वार्ताका लागि आएका हुन्, दोभाषे आएपछि खुल्ने राठौरले बताए।

 वृत्तका अनुसार पक्राउ परेका काभ्रेका माझीले पाँच सय रुपैयाँ कमिसन लिएर युवतीलाई होटल कोठासम्म लगेका थिए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad