coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बंगलादेशको सहज जित

ढाका– बंगलादेशले सोमबार क्रिकोणात्मक शृंखलाको पहिलो एकदिवसीय खेलमा जिम्बाब्वेमाथि ८ विकेटको सहज जित हात पारेको छ।

जिम्बाब्वेले दिएको १ सय ७१ रनको लक्ष्य बंगलादेशले २८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो।

बंगलादेशका ओपनर तमिम इकबालले अविजित ८४ र मुस्फिकर रहिमले अविजित १४ रन जोडे । ९३ बल खेलेका इकबालले ८ चौका र १ छक्का प्रहार गरे । ३० रन जोड्दा अर्का ओपनर अमानुल हकलाई गुमाएको बंगलादेशको इनिङ इकबालले दोस्रो विकेटका लागि सकिब अल हसनसँग ७८ रनको साझेदारी गर्दै बढाएका थिए । ४६ बल खेलेका सकिबले ५ चौका प्रहार गरे । हकले १९ रन जोडे।
जिम्बाब्वेका सिकन्दर राजाले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङका लागि उत्रिएको जिम्बाब्वे ४८ ओभमरमा १ सय ७० रनमा समेटिएको थियो।

जिम्बाब्वेका सिकन्दर राजाले सर्वाधक ५२ रन जोडे । ९९ बल खेलेका राजाले २ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै पिटर  मोरले ३३ रनको योगदान दिए । ५८ बल खेलेका मोरले २ चौका प्रहार गरे।

जिम्बाब्वेलाई कम योगफलमा समेट्ने क्रममा बंगलादेशका सकिबले ३ तथा रुवेल हुसेन र कप्तान मुस्ताफिजुर रहमानले समान २÷२ विकेट लिए।
बंगलादेश, जिम्बाब्वे र श्रीलंका सम्मिलित त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा बुधबार श्रीलंका र जिम्बाब्वे आमनेसामने हुँदै छन ।

प्रकाशित: २ माघ २०७४ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App