इङ्ल्याण्ड – इङलिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यान्चेष्टर युनाईटेडले पहिलो स्थानको म्यान्चेष्टर सिटीसँगको अंक दूरी १२ मा झारेको छ।
लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा युनाइटेडले स्टोक सिटीलाई ३–० ले हराउँदै महत्वपूर्ण ३ अंक जोडन सफल भएको हो । युनाइटेडको जितमा खेलको ९ औं मिनेटमा एन्टोनियो भ्यालेन्सिया, ३८ औं मिनेटमा एन्थोनी मार्शल र ७२ औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेका थिए ।
जितसँगै म्यान्चेस्टर युनाईटेडको २३ खेलबाट ५० अंक भएको छ । पहिलो स्थानको सिटीको समान खेलबाट ६२ अंक छ । युनाइटेडसँग पराजित स्टोक सिटी २० अंकसहित रेलिगेशन जोनमा छ ।
प्रकाशित: २ माघ २०७४ ०४:२३ मंगलबार