१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्मीको दोहोरो जित

काठमाडौं– त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्र्तगत १७औं पुरुष तथा दोस्रो महिला राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ ।

हेटौंडाको वनविज्ञान अध्ययन संस्थानमा भइरहेको प्रतियोगितामा पुरुषतर्फ साबिक विजेता आर्मीले पूर्वाञ्चललाई ८–० को फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीका देवसिंह धामी एक्लैले ४ गोल गर्दा राम शाहले ३ तथा सत्यनारायण चौधरीले १ गोल गरे । पुरुषकै अर्को खेलमा सुदूपश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० गोलले हराउँदा सुरेशप्रसाद जोशीले निर्णायक गोल गरे ।

महिलातर्फ सरिता मेचेको गोलप्रेरित आर्मीले साबिक विजेता सुदूर पश्चिमाञ्चललाई १–० ले स्तब्ध बनायो । अर्को प्रतिस्पर्धामा सीमा खड्काको गोल मद्दतमा मध्यमाञ्चलले पूर्वाञ्चललाई १–० ले पराजित ग¥यो । प्रतियोगितामा पुरुषतर्फ ५ विकास क्षेत्र र नेपाल आर्मीसहित ६ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ राउन्ड रोबिन लिगमा  मध्यपश्चिमाञ्चलबाहेक ४ विकास क्षेत्र र आर्मी गरी ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित: २ माघ २०७४ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App