८ वैशाख २०८१ शनिबार
समाज

२० औ‌ भूकम्पीय सुरक्षा दिवस मनाइँदै

२०७२ काे भूकम्पले भत्काएको धरहरा । तस्विर: नागरिक

काठमाडौं– ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नारा सहित आज मंगलवार भूकम्पीय सुरक्षा दिवस मनाइँदैछ । यस अवसरमा भूकम्पले ज्यादा क्षति पु¥याएको काठमाडौको बसन्तपुरमा विशेष कार्यक्रम गरिदैछ ।

विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

कार्यक्रमअघि नयाँ सडकको जुद्ध शालिक अघिबाट जनचेतनामूलक भूकम्पीय सुरक्षा पदयात्रा निकालिनेछ। दिवस मनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने जनाइएको छ ।भूकम्पपछिको पुर्ननिर्माण सुस्त गतिमा भइरहेकोमा  सर्वत्र आलोचना भइरहेको छ । 

विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लिएको घटना पछि नेपाली समाज भूकम्पप्रति थप सचेत बनेको छ । गोर्खा भूकम्पबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुर गरी १४ जिल्लामा बढी क्षति पुर्याएको थियो भने अन्य १७ जिल्लामा आंशिक क्षति भएको थियो ।

 

प्रकाशित: २ माघ २०७४ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App