८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘विदेशबाटै सत्ता चलाए प्रत्यक्ष शासन’

म्याड्रिड - बेल्जियम निर्वासनमा रहेका क्याटलोनियाका पूर्व राष्ट्रपति कार्लेस पुइगडेमन्टले विदेशबाटै क्याटोलोनियामा शासन गर्न खोजे केन्द्रको प्रत्यक्ष नियन्त्रणलाई जारी राख्ने स्पेनका प्रधानमन्त्री मारियानो राजोयले बताएका छन् ।

‘क्याटलोनियामा शासन गर्न पुइगडेमन्ट भौतिक रूपमा स्वदेश उपस्थित हुनुपर्ने छ,’ स्पेनको राजधानी म्याड्रिडमा आफ्नो दलका नेताहरूसँगको कुराकानीमा प्रधानमन्त्री राजोयले बताएका छन् । ‘यदि पुइगडेमन्टले स्वदेश नआई विदेशबाट नै राज गर्ने दाउ गरेमा केन्द्र सरकारले गत अक्टोबर देखि क्याटोलोनियामा चलाएको प्रत्यक्ष शासनलाई जारी राख्नेछ,’ प्रधानमन्त्री राजोयलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

गत डिसेम्बरमा समयअगावै क्याटलन क्षेत्रीय संसद्का लागि भएको निर्वाचनमा पुइगडेमन्टले पुनः बहुमत प्राप्त गर्न सफल पृथकतावादी समूहका आफू पक्षधर नेताहरूलाई प्रयोग गरी क्याटलोनियामा आफ्नो नियन्त्रण कायम राख्न खोजेको आरोप स्पेनी प्रधानमन्त्री राजोयले बताएका छन् ।

 बेल्जियममा निर्वासनमा रहेका पृथकतावादी नेता पुइगडेमन्ट स्पेन फर्किदाँ राज्य विद्रोह, कानुनको उल्लङ्घन तथा सार्वजनिक कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ पर्ने खतरा देखेका कारण स्वदेश फर्किएका छैनन् ।

  स्पेनी कानुनअनुसार क्षेत्रीय नेता वा प्रमुख निर्वाचित हुन सिद्धान्ततः पुइगडेमन्टले संसद्को अधिवेशन वा नयाँ नेतृत्व चयन प्रक्रियास्थलमा भौतिक रूपमा उपस्थित हुनुपर्छ । तर पुइगडेमन्टले आफूले प्रत्यक्ष भिडियोमार्फत वा मन्तव्य लेखेर यसलाई आफ्ना कुनै प्रतिनिधिको सहयोगमा संसद्मा आफ्ना धारणा राख्न चाहेको बताउँदै आएका छन् ।

  कानुन विशेषज्ञले उक्त प्रक्रिया सम्भव नदेखिएको बताए पनि यदि पुइगडेमन्टको चाहनालाई स्पेनले मान्यो भने उनले बेल्जियमबाटै औपचारिक रूपमा नेतृत्व सम्हाल्ने छन् र क्याटलोनियामा पुनः आफ्नो शासन कायम गर्न सफल हुनेछन् ।

 स्पेनका प्रधानमन्त्री राजोयले यसको खुलेर आलोचना गरेकाले पुइगडेमन्टको यस्तो चाहना सफल हुनेमा विज्ञहरूले शंका व्यक्त गरेका छन् ।  क्याटलोनियामा जारी केन्द्रको प्रत्यक्ष शासनलाई स्वतन्त्रताको घोषणापूर्व स्वशासित रहेको यस क्षेत्रका जनताले रुचाएका छैनन् । यसैका कारण प्रधानमन्त्री राजोयले क्याटलोनियाको सरकारलाई बर्खास्त गरी, संसदको भंग र गत डिसेम्बरमा मध्यावधी निर्वाचन गराएका थिए । निर्वाचनबाट पनि पृथकतावादी समूहले नै भारी बहुमत पाएको छ ।

 

प्रकाशित: २ माघ २०७४ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App