७ वैशाख २०८१ शुक्रबार
कला

रहेनन् संगीतकार मुनाल

काठमाडौं – संगीतकार विजय सिंह मुनालको धनगढीमा सोमबार निधन भएको छ । पारिवारिक घुमघामको क्रममा धनगढीमा रहेका संगीतकार मुनाल सोमबार विहान सुतेकै अवस्थामा मृत भेटिएका थिए । पारिवारिक स्रोतका अनुसार विजयको शरीरमा लामो समयदेखि विभिन्न किसिमका रोग थियो ।

मुनालका ५ दर्जन बढी गीत रेडियो नेपालमा र उत्तिकै संख्यामा बाहिर पनि रेकर्ड भएका छन् । एक समयमा विजय, गायक उदितनारायण झा र मधु क्षेत्री मिल्ने साथी थिए । स्टेजमा कंगो वादन गर्न खप्पिस विजयलाई धेरैले कंगो मास्टरका रुपमा पनि चिन्दथे । उनले रेडियो नेपालको गीत रेकर्डको यात्रामा २०३६ साल देखि कंगोबादकका रुपमा टेक बेसीस सेवा गरेका थिए ।

मुनालले संगीत भरेका ‘तिमी मेरी छोरी हौ’, ‘तमासा भएछु म त मायाको बजारमा’, ‘तिम्रो अधरले’ लगायतका गीत लोकप्रिय छन् । परिवारका अनुसार उनको शवलाई धनगढीबाट काठमाडौं ल्याइँदैछ । उनको परिवारमा छोरी र श्रीमति छन् । विजयको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

 

प्रकाशित: २ माघ २०७४ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App