coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञ अमेरिका जाने

सोल – दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिक अमेरिकाको भ्रमणमा जान लागेको समाचारमा जनाइएको छ। दक्षिणका उपविदेशमन्त्री लिम सोङ नाम यही मङ्गलबार अमेरिका जान लागेका छन्। उनले आगामी शनिबारसम्म नै अमेरिकाको भ्रमण गर्नेछन्।

विशेषगरी पछिल्लो समयमा उत्तर र दक्षिण कोरियाबीच द्विपक्षीय उच्चस्तरीय वार्ता जारी रहेकै बेला दक्षिण कोरियाली उच्च कूटनीतिज्ञको अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।

नामले अमेरिकामा रहँदा अमेरिकी उपविदेश मन्त्री जोन सुलिभानसँग भेटवार्ता गर्ने बताइएको छ।

त्यस भेटका क्रममा उनले हालै भएको दक्षिण र उत्तर कोरियाबीचको उच्चस्तरीय वार्ता र त्यसको प्रगतिका विषयमा उप विदेशमन्त्री सुलिभानलाई जानकारी दिने बताइएको छ।

उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ भने दुई देशका अधिकारीबीच सोमबार पनि सोलमा वार्ता भएको छ।

प्रकाशित: १ माघ २०७४ १५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App