एक अर्ब ६० करोडभन्दा बढी राजश्व संकलन

सोमबार, ०१ माघ २०७४, २० : ४१ हिमनाथ देवकोटा

रसुवा – रसुवागढी भन्सार कार्यालयले आर्थिक वर्षको ६ महिनामा एक अर्ब ६० करोडभन्दा बढी भन्सार असुली गरेको छ। साउन महिनादेखि पुस मसान्तसम्ममा एक अर्ब ६० करोड ९५ लाख राजश्व संकलन गरेको हो।

कार्यालयले निकालेको अर्धवार्षिक तथ्याङ्क अनुसार ९७ प्रतिशत राजश्व असुली भएको छ। नेपाल टेलिकमको सामग्री भन्सार यार्डमा रोकिएका कारण लक्ष्य पूरा हुन नसकेको हो। टेलिकमको सामग्रीको भन्सार माघ २ गते हुने छ।  

कार्यालयले ६ महिनामा १ अर्ब ६४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। कार्यालयले  दिएको जानकारी अनुसार साउनमा ६ करोड ४३ लाख, भदौमा ४८ करोड ५८ लाख ८२ हजार, असोजमा १० करोड ४४ लाख ५७ हजार, कात्तिकमा ३३ करोड ५९ लाख १२ हजार, मंसिरमा ३० करोड ८२ लाख ८२ हजार र पुषमा ३१ करोड ७ लाख ७५ हजार भन्सार असुली भएको छ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात भएको छ। कार्यालयले माघ महिनामा ३० करोड भन्सार असुली गर्ने लक्ष्य राखेको छ। माघ महिनामा चीनतर्फ सार्वजनिक विदा बढी हुने र हिउँ पर्ने समय भएकाले राजश्व संकलन प्रभावित हुनसक्ने प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए।

‘माघको पहिलो हप्ता ल्होसारको विदा छ, केही समयपछि ठुलो ल्होसार पर्ने भएकाले त्यो समयमा पनि विदा हुन्छ, उनले भने, फेरि हिउँ पर्ने समय पनि यहि भएकाले सवारी सञ्चालन हुँदैन्।’

२०७१ साल कात्तिकदेखि सञ्चालनमा आएको नाकामा आयात बढ्दै जाँदा राजश्व असुली पनि बढ्दै गएको छ।







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...