coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘फागुनभित्र गठबन्धन सरकार र पार्टी एकता’

उदयपुर – नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का स्थायी समिति सदस्य सुरेशकुमार राई हिमालले आउँदो फागुनभित्र गठन हुने बाम गठबन्धनको स्पष्ट बहुमतको सरकारले देशमा आर्थिक समृद्धि र कायापलट ल्याउने दावी गरेका छन्।

चुनाव जितेपछि जनतासँग घरदैलोमा जुटेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता राईले कटारी नगरपालिका ३ च्याँगामा आयोजित स्थानीय मतदातासँग बोल्दै माघ २४ भित्र राष्ट्रियसभाको चुनावपछि सरकार गठनको बाटो खुल्ने भन्दै उनले अव बन्ने सरकार दीर्घकालीन र स्थायी हुने बताए।

‘अहिलेसम्मका सरकार कहिल्यै स्पष्ट बहुमतको गठन हुन सकेनन्, सँधै म्यादी भए’ उनले भने ‘सरकारै अस्थायी र म्यादी भएकाले कुनै पनि काम दीगो रुपमा गर्न सकेनन्, गरेको पनि अर्को सरकारले उल्ट्याउने काम ग-यो।’ उनले अल्पमतको सरकार हुँदा सरकार ढल्नेबित्तिकै गठन हुने अर्को पार्टीको सरकारले पहिलेको सरकारले गरेका काम उल्ट्याउने गर्दा जनताले विकास चाख्न नपाएको बताए। अब जनताका त्यस्ता दुरदिनका समय गएको भन्दै पार्टी हेडक्वाटर सदस्य राईले एमाले–माकेको स्पष्ट बहुमतमा कुनै साना दलले साथ दिए दुईतिहाई बहुमतको सरकार नै गठन हुने आँकलन गरे।

सरकार गठनसँगै एमाले र माकेको पार्टी एकीकरण प्रक्रिया पनि टुंगोमा पुग्ने उनको भनाई थियो। आगामी सरकारमा ‘क्याविनेट मन्त्री’को रुपमा लिइएका सांसद राई पूर्वीभेग र किरात समुदायबाट प्रचण्डका दाहिने हात मानिन्छन्। पार्टी अध्यक्ष प्रचण्डनिकट भएकैले उनले रोजेको मन्त्रालयमध्ये एउटा पाउने उनीनिकट नेताकार्यकर्ताको भनाई छ । भावी मन्त्री राईले आफुलाई पार्टीले मन्त्रालयको जिम्मेबारी दिएमा आप्mनो निर्वाचन क्षेत्र र समग्र उदयपुरबासीको समृद्धिका लागि विकास निर्माणमा सक्दो लागी पर्ने आश्वासन उनले दिए।

उदयपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी राईले हरेक वडामा पक्की सडक, गाउँगाउँमा खानेपानी र स्वास्थ्य सेवा पु-याउने चुनावताकाको आप्mनो बाचा पूरा गरेर छाड्ने उनको आश्वासन थियो। राईले ५ वर्षका लागि ढुक्कको सरकार गठन हुने भएकाले सकारात्मक इच्छाशक्ति लिएर काम गरे जनतासँग गरेको बाचा पूरा गर्न कुनै गाह्रो नहुने उनको भनाई थियो।

सांसद राईसँग स्थानीयले च्याँगाको आवादी जग्गा दशकौंदेखि भोगचलन गर्दै आए पनि लालपुर्जा अहिलेसम्म नपाएको गुनासो गरेका थिए। उनीहरुले गाउँमा खानेपानी र सिँचाईको व्यवस्था गर्न, शिक्षामा गुणस्तर बृद्धि गर्न, विद्युतको क्षमता विस्तार गर्न र सडकको स्तरोन्नति गर्दै युवाहरुलाई रोजगारी र खेलकुदको व्यवस्था गर्न पहलको माग गरेका थिए। जितेर गएका नेताले बाचा पूरा नगरे अर्को पटक चुनावमा भोट माग्न नआउन चेतावनीसमेत दिएका स्थानीयलाई नेता राईले आफू जनतासमक्ष गरेको बाचा पूरा गर्नेमा सशंकित नहुन आग्रह गरेका थिए।

प्रकाशित: १ माघ २०७४ १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App