८ वैशाख २०८१ शनिबार
समाज

हलेसी महादेबस्थानको भेटी चोरी

खोटाङ – खोटाङको हलेसी महादेबस्थानको भेटीसहित चार पसल चोरी भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित महादेबमन्दीरको भेटीघाटीसहित स्थानीय पदम राई, चन्देश्वर चौधरी, हामस राई र कृष्ण कार्कीको पसल चोरी भएको हो।

फलामे बारले घेरिएको महादेबको शिवलिंग र गणेशको मुर्तीसँगै रहेको ‘तीन ताल्चे’ बाकस फोडेर भेटीघाटी चोरी भएको हलेसी महादेबस्थान बिकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए। फलामे बार उक्लिएर बाकसको भेटीघाटी चोरी गरेको पाइएको छ। बाकसभित्र जम्मा भएका कति भेटी चोरी भयो भन्ने यकिन हुन सकेको छैन।

धार्मिक तथा पर्यटकीयस्थल हलेसी मन्दीरमा आएका दर्शनार्थीले चढाएका भेटीपाती र गरगहनालाई पारदर्शीरुपमा संकलन गर्नका लागि ईलाका प्रहरी कार्यालय, हलेसी महादेबस्थान बिकास समिति र हलेसी मन्दीर व्यवस्थापन समितिको छुट्टा–छुट्टै ताल्चा हालिएको दान बाकसको भेटीपाती शनिबार राति चोरी भएको हो। दान बाकसमा जम्मा भएको रकम र अन्य ठाउँमा चढाइएका भेटीपाती प्रत्येक महिनाको अन्तिम दिन ईलाका प्रहरीचौकी हलेसी, हलेसी महादेबस्थान बिकास समिति, हलेसी मन्दिर व्यवस्थापन समिति र स्थानीयको रोहबरमा ताला खोकेर गणना गर्ने गरिएको थियो।

यसअघि ५ महिना अघि पनि हलेसी मन्दीरको भेटीघाटी चोरी भएको थियो । पटक–पटक हलेसीको भेटीघाटी चोरी हुनुले मन्दीरको सुरक्षा अवस्था संबेदनशिल बनेको स्थानीयको भनाई छ। चोरीमा संलग्नको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। हलेसी मन्दीको भेटी चोरी भएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले ईलाका प्रहरीचौकी हलेसी, हलेसी महादेबस्थान बिकास समिति र हलेसी मन्दीर व्यवस्थापन समितिलाई आइतबार स्पष्टीकरणका लागि पत्र पठाएको छ।

बिक्रम संबत् १८६१ सालदेखि २०६० सालसम्म गिरी महन्तले एकलौटी आम्दानीको श्रोत बनाएको हलेसी मन्दीरको भेटीपाती संकलनका लागि हाल प्रबेशद्धारमा एउटा र गुफाभित्र शिबलिंग रहेको ठाउँमा अर्को दान बाकस राखिएको छ। द्धन्द्धकालमा तत्कालिन नेकपा माओबादीको अगुवाईमा २०६१ साल मंसिरमा बालाचतुर्दसी मेलाकोबेला पूजारी फेर्ने र व्यवस्थापन समिति बनाउने काम भएपछि हलेसीको आम्दानीको हिसावकिताव हुन थालेको हो। त्यसपछि बनेका हलेसी महादेब बिकास समिति र मन्दिर व्यवस्थापन समितिले मन्दीरको आम्दानीलाई चुस्तदुरुस्त बनाउन २०६८ सालदेखि हलेसीमा एउटै बाकसमा ‘तीन ताला चाँबी’ व्यवस्था लागू गरेको थियो।

प्रहरीका अनुशार पदमको पसलबाट नगद १५ हजार र १८ हजार बराबरको रिचार्ज कार्ड, चन्देश्वको नगद ५ हजार, हामसको ३० हजार बराबरको ३ थान मोबाईलसेट र कृष्णको नगद ४ हजार चोरी भएको छ। 

प्रकाशित: १ माघ २०७४ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App