७ वैशाख २०८१ शुक्रबार
समाज

देउघाट स्नान गर्ने क्रममा एकको मृत्यु

चितवन-  देवघाट नुहाउने क्रममा एकजनाको निधन भएको चितवन प्रहरीले जानकारी दिएको छ। देवघाटको चितवन तर्फ भरतपुर महानगरपालिका वडा नं. १ झोलुङ्गे पुलमुनी नुहाउने क्रममा बिहान साढे १० बजे चितवन रत्ननगर–३ बस्ने ७८ वर्षका पदमनाथ अधिकारी ढुंगाबाट चिप्लेर त्रिशुली नदीमा पुगेका थिए। बग्दै तीन सय मिटर पर पुगेका अधिकारीलाई प्रहरीले उद्धार गरेको थियो।

 ‘बगेको ठाउँभन्दा तीन सय मिटर तल त्रिशुली र काली नदीको संगमस्थलबाट उद्धार गरे पनि उहाँलाई बचाउन सकिएन । उपचारका लागि ल्याउँदै गर्दा बाटोमा ज्यान गयो’ चितवन प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ।

 

 

प्रकाशित: १ माघ २०७४ ११:१२ सोमबार

देउघाट स्नान गर्ने क्रममा एकको मृत्यु