५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

इराकको बग्दादमा आत्मघाती आक्रमण, २६ को मृत्यु

बग्दाद– इराकी राजधानी बग्दादमा सोमबार भएको दुई वटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। इराकमा तीन दिनभित्र भएको यो अर्को भीषण आक्रमण हो।
 
पूर्वी बग्दादको चिकित्सा विभागका प्रमुख डा.अब्दुल घानी अल साआदीले यस आक्रमणहरूमा परी २६ को मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका पुष्टि गरेका छन्। 

मध्य बग्दादको ताएयारान स्वाएरमा आत्मघाती आक्रमणकारीहरूले सोमबार विहान सबेरै विस्फोटहरू गराएका थिए। 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मध्य बग्दादको ताएयारन स्वाएरमा निर्माण सम्बन्धि कामदारहरु जम्मा भएका इलाका लक्षित विस्फोट भएको थियो। 

यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको र विस्फोटहरु भीषण भएको हुनाले मृतक र घाइतेको सङ्ख्या बढ्ने पनि प्रहरीको अनुमान रहेको छ। 

प्रकाशित: १ माघ २०७४ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App