८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्री भारतमा

नयाँ दिल्ली - इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु छ दिनको भारत भ्रमणकाे  शिलशिलामा आइतबार  नयाँ दिल्ली आइपुगेका  छन् ।

नेतन्याहुको भ्रमण भारत र इजरायलबीच दुईपक्षीय प्रतिरक्षा तथा व्यापारिक सम्बन्धमा सुधार ल्याउने बिषयमा केन्द्रित हुने  छ ।इजरायली प्रधानमन्त्रीद्वारा विगत १५ बर्षमा भएको यो पहिलो औपचारिक भ्रमण हो । इजरायली उच्च पदस्थ अधिकारीका रूपमा पूर्वप्रधानमन्त्री एरिअल सारोनले सन् २००३ मा भारत भ्रमण गर्रेका थिए ।
नेतन्याहुको भ्रमण टोलीमा उनकी धर्मपत्नीसहित १३० जना सदस्य रहेका छन् । उनीहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिउसो स्वागत गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले नेतन्याहुको सम्मानमा आइतबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । यस्तै विदेश मामिला मन्त्री शुषमा स्वराजले पनि नेतन्याहुलाई आइतबार नै भेट्ने कार्यक्रम रहेको छ ।
सोमबार नेतन्याहुले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेट्ने छन् । इजरायली प्रधानमन्त्री र उहाँका भारतीय समकक्षीबीच सोमबारपनि भेटभई विविध बिषयमा छलफल हुने भारतीय स्रोतले जनाएको छ ।

इजरायली प्रधानमन्त्री तथा उनकी धर्मपत्नी मङ्गलबार ऐतिहासिक ताजमहलको भ्रमण गरी भने मोदीको गृहनगर गुजरातमा पुग्नेछन् ।

भ्रमणका क्रममा इजरायल र भारतबीच प्रतिरक्षा, नवीकरणीय उर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौताको घोषणा गर्ने इजरायलका विदेशमन्त्रालयका उप–महानिर्देशक गिल कोहेनले बताए। रासस
 

प्रकाशित: १ माघ २०७४ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App