८ वैशाख २०८१ शनिबार
समाज

बाढी पीडितका लागि ४९९ टहरा निर्माण

पथरी – साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा मोरङ, झापा र सुनसरीमा बाढी पीडितका लागि ४९९ अस्थायी टहरा निर्माण गरिएको छ। 

झापाको क्याम्पमा १३९, मोरङको कटहरीमा ८९, विराटनगर वडा नं १९ मा १५०, इटहरीमा ७१ घरटहरा निर्माण गरिएको साहारा सहकारी संस्थाका प्रमुख घनश्याम अधिकारीले जानकारी दिए। 

अधिकारीका अनुसार रु एक करोड ७५ लाखमा सो ४९९ टहरा निर्माण भएका हुन् । उनले मोरङका केही टहराको निर्माण कार्य पूरा हुन बाँकी रहेकाले निर्माण सम्पन्न भएपछि सम्बन्धित महानगर र नगरपालिकामार्फत बाढीपीडितलाई चाँडै नै हस्तान्तरण गरिने बताए। 

अधिकारीले भने, “ संस्थाले टिनको छाना बाँसको बिम, बाँसको खाँबा र झिक्राको टाटीको प्रयोग गरेर अस्थायी टहरा निर्माण गरेको हो। 

प्रकाशित: १ माघ २०७४ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App