७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनसेल मेला २०७४ सम्पन्न

 काठमाडौं – एनसेल प्रालिले आयोजना गरेको एनसेल मेला २०७४ सम्पन्न भएको छ । कम्पनीले ग्राहक तथा शुभचिन्तकसँग थप नजिक हँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोबाइल ब्रोडब्यान्ड सेवा लङ टर्म इभोलुसन-फोरजीको अनुभव प्रदान गर्न,  कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको जनाएको छ ।

तीनै सहरहरुमा हजारौको संख्यामा दर्शक तथा आगन्तुकले सहभागिता जनाई गीत–संगीत, फोरजी थिममा आधारित खेल लगायत विविध क्रियाकलापको मनोरञ्जन लिएको कम्पनीको विज्ञप्तिमा छ । मेला पुस ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा, पुस १५ गते विराटनगरको हाटखोलामा र पुस २९ गते ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना गरिएको थियो ।

मेलामा आगन्तुकको मनोरञ्जनका लागि प्रख्यात कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुति, फोरजी थिममा आधारित गेम, किड्स जोन, जादु र फुड स्टल लगायत विविध रोचक क्रियाकलाप समावेश गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

मेलाको मुख्य आकर्षण कन्सर्ट थियो । मेलामा शिव परियार, इन्दिरा जोशी,  आषिश राना (लाउरे), सांगीतिक समूह कबवेभ र द एज ब्यान्डले प्रस्तुति राख्दै दर्शकलाई मनोरञ्जन दिएका थिए । पुस २२ गते बुटबलका लागि तय गरिएको मेला विशेष परिस्थितिका कारण रद्द गर्नुपरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १ माघ २०७४ ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App