coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘खोटाङ आइडल’ मा ७० प्रतियोगी

दिक्तेलको हेलीप्याडमा गीत गाउँदै खोटाङ आइडलका सहभागी ।


 खोटाङ – गायनका प्रतियोगिता खोटाङ आइडलको दोश्रो अडिसनबाट गायनका ७० प्रतियोगी छानिएका छन् ।

आठ गाउँपालिका र दुई नगरपालिकाका ११ स्थानमा सञ्चालन गरिएको पहिलो अडिसनबाट छानिएका १६७ प्रतियोगीमध्ये ७० प्रतियोगीले दोश्रो अडिसन पार गरेको आयोजक परिवर्तन नेपाल राजापानीले जनाएको छ । नेपाल आइडलको चर्चा सेलाउन नपाउँदै थालिएको खोटाङ आइडलको तेश्रो अडिसन माघ ८ गते दिक्तेलमै सञ्चालन गरिने आयोजक समितिका संयोजक जीवनकुमार राईले बताए ।

चौथो अडिसनपछि भोटिङ राउन्डमा पुग्ने प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने प्रतिभालाई नगद ५४ हजार ५ सय ७४ का साथमा ६ महिना संगीत विद्यालयमा अध्ययनको अवसर, एउटा गीत रेकर्डको व्यवस्था तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, दोश्रो हुने प्रतिभाले नगद २४ हजार ५ सय ७४ का साथमा ३ महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड, तथा तेश्रो हुने प्रतिभालाई नगद १० हजार ५ सय ७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने संयोजक राईले बताए । यस्तै, बेस्ट भोकलले नगद दुई हजार ५ सय ७४ का साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् । बेलायत, मलेसिया र कतारमा रहेका आफन्तबाट प्राप्त हुने नगदबाट विजेतालाई पुरस्कारको व्यवस्था गरिएको छ ।

गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान, संवद्र्धन र विकास गर्ने उद्धेश्यका साथ सर्वाधिक राशिको ‘खोटाङ आइडल’ सुरु गरिएको हो । ‘मोफसलमा लुकेका कलाको खोज एबं अवसरबाट बञ्चित नवप्रतिभाको प्रोत्साहनका लागि आइडल सुरु गरेका हौँ,’ संयोजक राईले भने, ‘आइडलमा नवप्रतिभाको उल्लासमय सहभागिता रहेको पाएका छौँ ।’ मंसिर २३ गते साकेला गाउँपालिकाको रतन्छाबाट सुरु गरिएको पहिलो अडिसन पुस १८ गते दिक्तेलमा आएर टुंगिएको थियो ।
 

प्रकाशित: १ माघ २०७४ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App