coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई हेलिकोप्टर आकस्मिक अवतरण

फलेवास (पर्वत)—मौसमको खराबीका कारण दुई हेलिकोप्टर पर्वत सदरमुकाम कुश्मामा आकस्मिक अवतरण गरेका छन्। मुस्ताङको लेतेबाट पोखरा फर्कदै गरेका मनाङ एयरका दुई हेलिकप्टर एक्कासि मौसममा खराब भएपछि कुश्मा बजारस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आकस्मिक अवतरण भएका हुन्।

मनाङ एयरको नाइन एन एएलडी र नाइन एन एएलसी कल साइन भएका हेलिकप्टर भारी वर्षा र बाक्लो कुहिरोका कारण आकस्मिक अवरतण गर्नु परेको क्याप्टेन प्रकाश सेढाइँले जानकारी दिए।

दुईवटै हेलिकप्टरमा दुई-दुई जना नेपाली यात्रु सवार थिए। भारतीय पर्यटकलाई लेतेमा झारेर पुनः उडान भर्न पोखरा आउँदै गर्दा एक्कासि मौसममा खराबी आएको अर्का क्याप्टेन कमल बुढाले जानकारी दिए।

मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लागेको सशस्त्र प्रहरी गणका प्रमुख कृष्णकुमार थापाले जानकारी दिए।

प्रकाशित: २६ श्रावण २०७३ १३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App