८ वैशाख २०८१ शनिबार
समाज

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

राजविराज – पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आइतबार थप एक महिलाको मृत्यु भएको छ।

स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनको आफ्नै घरमा सुतिरहेको अवस्थामा कठयाङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

योसँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ भने प्रहरीले भने १६ जनाको मात्र पुष्टि गरेको छ।

प्रकाशित: ३० पुस २०७४ १५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App