coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

खेलकुदमा राजनीति अस्वीकार्य : बैकुण्ठ मानन्धर

जुम्ला – ओलम्पियन धावक बैकुण्ठ मानन्धरले खेलकुदमा राजनीति स्वीकार्य हुननसक्ने बताएका छन्। राजनीतिका कारण सक्षम खेलाडी अघि बढ्न नसकेको उनको तर्क छ।

जुम्लामा हुन लागेको प्रथम हेरिटेज ट्रेल रेसको उद्घाटनका लागि आइतबार जुम्ला पुगेका धावक मानन्धरले खेलाडीको भविष्य उज्जवल हुँदाहुँदै राजनीतिले पाखा लगाईदिने गरेको गुनासो गरे। ‘खेललाई राजनीतिबाट हेर्नु हुँदैन, सहि ठाउँमा सहि मान्छेको प्रयोग हुन जरुरी छ,’ उनले भने। सरकारले खेलाडीलाई आर्थिक लगानी गरे नेपालको नाम खेल क्षेत्रबाटै चम्किने उनको विश्वास छ।

आर्थिक अभावका कारण दुर्गममा उत्पादित प्रतिभावान खेलाडी खेल क्षेत्रबाट सन्यास लिनुपर्ने बाध्य रहेको सुनाउँदै उनले समग्र खेलकुद विकासका लागि राज्य नै जिम्मेवार हुनुपर्ने बताए। राज्यले सेवा सुविधा प्रदान गरेको खण्डमा राम्रो खेलाडी बनेर जिविकोपार्जनमा सहज हुने धावक मानन्धरको बुझाई छ।

कर्णालीतिरका मान्छेको जीवनशैली र शारीरिक बनावट खेलाडीका लागि उपयुक्त भएको बताउँदै उनले भने– ‘यहाँका खेलाडीलाई हाईअल्टीच्युड तालिम गर्नै पर्दैन ।’

प्रकाशित: ३० पुस २०७४ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App