coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः प्रवक्ता भुसाल

भक्तपुर– नेकपा माआवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले काँग्रेसका भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनका कारण मन्त्रीमण्डल बिस्तारमा ढिलाइ भएको बताएकी छन्। रफत सञ्चार क्लब भक्तपुरमा बुधबार बोल्दै उनले मन्त्रीमण्डल चाँडै पूर्णता पाउने बताएकी हुन्।

नयाँं सरकारले शान्ति प्रक्रियाको बिषयलाई सम्बोधन गर्ने, पुनर्निर्माणको कामलाई तीव्रता दिने, मधेश आन्दोलनलाई सम्बोधन गर्न र संविधानको कार्यान्वयन गर्दै तीन तहको निर्वाचन गर्ने सरकारको प्रमुख उद्देश्य रहेको उनले बताइन्। मधेशीको मागको सकारात्मक सम्बोधन गरेर सरकारमा सामेल गराउनेतर्फ आफ्नो पार्टी र सरकार लागिपरेको उनले बताइन्।

चिनियाँ राष्ट्रपतिको आगमन सुनिश्चित रहेको भन्दै उक्त आगमनको तयारीका लागि विभिन्न तहमा छलफल जारी रहेको उनले बताइन्।

प्रकाशित: २६ श्रावण २०७३ १२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App