साधुटारको सुन्दरता (फोटोफिचर)

आइतबार, ३० पुष २०७४, १३ : ४६ गिरिराज बाँस्कोटा

पाँचथर- दैनिक कामको तनाबबाट मुक्त हुन सहरबाट केही टाढा निस्कने प्रचलन हिजोआज बढ्दै गएको छ।    मनोरञ्जनका लागि लगानीमा बढोत्तरी गर्न उत्साहित हुनेक्रम देखिन थालेको छ। यहि क्रममा पाँचथरको फिदिम नगरपालिकाको रानीटारमा जानेको संख्या उलेख्यमात्रमा बढ्न थालेको छ।

सदरमुकाम फिदिम बजार तथा आसपासका क्षेत्रवाट फिदिम–८ मा रहेको साधुटारमा पुग्नेको संख्या बढ्नुको साथै प्रख्याती समेत बढेको छ। थुम्कीला आर्कषक डाँडाहरुको विचमा रहेको पोखरीले धेरैलाई आर्कषण गरेको पाईन्छ । ठाँठाहरुले घेरीएको ठाँउमा निलाम्य पोखरी रहेको छ । कञ्चजंगा, कुम्भकर्ण लगायतका हिमशृंखालाको प्रतिछाँया पोखरीमा देखिन्छ। लेकाली भूगोलमा बुक्कीफलले डाकिएका डाँडाहरु सुन्दर छन्। यहिनेर भएको पोखरीमा तश्विर खिचाउने यहिवरीपरि रमाउनेको संख्यामा उलेख्यमात्रामा वृद्धि भएको पाईन्छ । फिदिमबाट शनिवार को दिन घुम्न जानेको संख्या निक्कै हुने गरेको पाईन्छ। आकाशको छाया पोखरीमा टल्किदा पोखरी निक्कै आर्कषक देखिन्छ। पोखरी छेउका फराकिला डाँडाहरुमा बसेर घाम ताप्दै बदाम खाने गरेको देख्न पाईन्छ । हिमाल टलक्क टल्किन्छ । स्याउडाँडा, घुमाउनेटार लगायतको दृयय देख्न पाईन्छ ।  शनिवार बाहेक पनि अरुबारपनि घुम्न आउने गरेको स्थानिय निमोन थालोचाले बताए।

घुम्न आउनेको संख्या बढेपछि सडक स्तरउन्नती गरीएको छ । भौगोलिक सहजताकारण घुम्न जानेको संख्या बढेको पाईन्छ । मेची राजमार्गमा पर्ने पौवाभञ्याङदेखि नजिकै पर्ने हुदापनि घुम्न जान सजिलो भएको पाईन्छ । भौगोलिक रुपमा यो ठाँउ सुन्दर छ । बुक्कि फुल्ने बाझो डाँडामा सल्लाले हरियाली छरेको छ । सानो पोखरी निक्कै अघि देखि रहेको स्थानियको भनाई छ । केहि समय अघि खानेपानी आयोजनाबाट केहि पानी पोखरीमा खनाइएपछि आर्कषक देखिएको हो । अझ पानी जम्ने फराकिलो ठाँउभएका विकासकालागि समेत सम्भावनाहरु रहेको चर्चा गरीन्छ । यो क्षेत्रको विकासका लागि प्रयास थालिएको वार्ड अध्यक्ष शेरवहादुर नेम्वाङ बताउँछन् । विभिन्न माध्यमबाट तश्विरको प्रचार गरीएकाले घुम्न जानेको संख्या बढेको पाइन्छ ।





















यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad